केही दिनअघि ललितपुरकी ३६ वर्षीया सविना महर्जनले दुई छोराछोरीको हत्या गरेपछि आफु पनि घरको तीनतला माथिबाट हाम फालेर आत्महत्या गरिन् ।
संयोग नै फेरि सविनाले आत्महत्या गरेको ठिक एक सातापछि फागुन ५ गते (शनिबार) झापाको बुद्ध शान्तिगाउँपालिका २ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँँधेर आत्मदाहको प्रयास गर्दा छोरीको मृत्यु भयो भने माया गम्भीर घाईते भएकी छन् ।
यी दुई घटना हेर्दा एउटै प्रकृतिका छन् । रविनाले मृत्युपूर्व आफुले ‘स्वनिर्णय गरेकी हुँ’ भनेर सुसाईड नोट लेखिएको भनेर समाचार आएपनि त्यसको भित्रि अन्र्तय र उनलाई आत्महत्या गर्न बाध्य हुने कारण बारे भने हामीले खोज्नैपर्छ । सुसाइड नोटमा ‘जिन्दगी सोचेजस्तो भएन’ भनेर लेखेकी उनको जीवनको सोच के थियो र जस्ले भविष्य भन्दा पनि मृत्यु रोज्यो ! अनि किन रोज्यो ? भनेर खोज्न सकेमा भावि दिनमा सोचेको पूरा हुन सकेन भनेर मृत्यु अंगाल्न बाध्य हुने एउटी आमा वा छोरीलाई मृत्युबाट बाहिर ल्याएर सहज जीवनयापन गर्न सकिन्छ भनेर सन्देश दिन सकियोस् ।
त्यस्तै नै निराशा छ बुद्ध शान्तिकी मायाको पनि । उनले पनि ‘श्रीमान परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भइ आत्मदाहको निर्णय लिनु परेको’ भन्ने कुरा उल्लेख गर्दै आत्मदाहको प्रयास गरेको भनेकी छन् ।
हुन् त महिलाहरु, जन्मदै बाबुआमा, अलि ठुलो भएपछि दाजु या दिदी, बिहे भएपछि श्रीमान, श्रीमानले छोडे या मृत्यु भएपछि फेरि छोराछोरीले लगाएको अनुशासनको घेराभित्र रहेर बाँच्नुपर्ने बाध्यता छ । त्यो भन्दा पनि एकल हुँदा वा श्रीमानले साथ नदिँदा समाजले हेर्ने दृष्टिकोण, श्रीमानले साथ दिएनन् वा मृत्यु भयो वा डिर्भोस भएपछि उनले आफु बाँच्न र छोराछोरीको पेट पाल्नका लागि अपनाएका बाटाहरु सहज विरलै हुन्छन् । एक्लै बाँच्नका लागि यो समाजमा उनले कति मूल्य चुकाउनु पर्छ भन्ने कुरा धेरैले भित्र भित्रै दबाएर बाँचेका छन् भने केहीले यो समाजको आँखा देखाउने काम समेत गरेका छन् ।
केही दिनअघि पत्रकार निर्मला शर्माको ‘समकोण संवाद’ कार्यक्रममा निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको अन्तवार्ता हेर्ने मौका मिल्यो । अन्तवार्तामा उनले भनेका र उनीमाथि यो समाजले लगाएको लान्छना र व्यवहारले मन यति खिन्न भयो कि, ओ, हो, इला शर्मा जस्ता सबैकुराले क्षमतावान् अनि राज्यको उच्च ओहोदामा पुगेकी महिलामाथि त यो समाजको हेर्नेदृष्टिकोण केवल सुन्दरता र यौनमा जोडेर मूल्यांकन हुँदोरहेछ भने आमरुपमा एकल जीवन विताउने महिलाहरुमाथि यो समाजको हेर्ने दृष्टिकोण कस्तो हुन्छ होला । उनले सुनाएका जीवनका कथाहरु जो सुकैको पनि मन ढक्क फुल्छ र सासै रोकिएको आभास हुन्छ । उनी भन्दै थिइन् ‘म आयुक्त भएर आयोगमा आएकै दोस्रो दिन एउटा पित पत्रकारिता गर्ने ट्यावलोयरले मेरो बारेमा यस्तो कुराहरु छाप्यो । उसले मेरो सामुहिक बलात्कार भएको छ रे, म जेठाजु र देवर दुवैजनासग सम्पर्क राख्छु रे, जहाँ की मेरो मुद्दा चलिरहेको छ जेठाजुसँग सम्पत्तीको ।’ उनले थप भनिन् ‘७५० जना कर्मचारी थिए निर्वाचन आयोगमा सबैले त्यो पत्रिका पढेर डेस्कमुनि राखेका थिए ।’ उनले उक्त कुरा महिलाले नै लेख्न लेखाएको भन्दै हाम्रो समाज स्त्रीद्वेषी रहेको समेत खुलासा गरिन् । पुरुषको मात्र नभएर महिलाको पनि यस्तो सोच हुने उनले बताइन् । आफ्नो चरित्र र क्षमता दुवैमाथि प्रश्न उठाएको उनले भनिन् ।
उनीहरुले विवाहेत्तर सम्बन्ध बढाउनमा पनि समाज, परिवार, श्रीमान तथा अन्य आफन्तको पनि त केही भूमिका पक्कै थियो होला नि १ भन्ने समाजले बुझ्ने कहिले रु घरमा श्रीमान हुँदाहुँदै श्रीमानको माया पाउँदा पाउँदै र परिवार समाजको सकारात्मक साथ पाउँदा पाउँदै पनि महिलाले यस्तो साथ र सम्बन्ध किन बनाउँछन् र किन बनाए भन्ने कुरा त्यो उनीहरुको परिवार उनीहरु वरिपरिको समाजमा अनुसन्धान गर्नु अवस्यक रहन्छ । किनकी महिललाई त्यहाँसम्मको बाटो डोर्याउन के कुराले प्रेरित गर्यो भनेर ।
त्यस्तै केही समयअघि सोहि कार्यक्रममा एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले पनि समाजले एकल महिलामाथि हेर्ने दृष्टिकोण केवल उसको रुप, रंग र यौवन हेरेर व्यवहार गर्ने गरेको आफुले पाएको बताइन् । एकल महिलाहरुको हक अधिकारका लागि शसक्त आवाज उठाएकी र अधिवक्ता समेत रहेकी कविताले आफूले पनि समाजमा यस्ता थुपै्र पीडा र लान्छना समेत भोगेको बताइन् । उनले श्रीमानको मृत्युपछि एउटा छोरालाई कसरी हुर्काउछे भनेर समाजको चिन्ता नभएर अब सम्पत्ति सबै लाने भइ भनेर चिन्ता गरेको बताइन् । उनले आफू महिलाद्वारा नै बढी पीडित भएको बताइन् । ‘म चाँहि पत्नी पीडित भए । कोहीसँग बोल्न पनि नहुने । पेशाले म वकिल जहाँ काम गर्न गयो, बोल्नु पर्यो । कहिले साँझ काम पर्छ कहिले बिहानै काम पर्छ । टोल छिमेकले पनि पर्दा खोलेर हेथ्र्यो त्यो कतिबेला गयो र कतिबेला आयो भनेर । काम गर्ने क्रममा कसैले त्यो त वकिलनी त केटी हो रे नि ! कोही सिनियरका काम गर्यो भने तेरो पिए त विधवा छ रे नि ! भन्ने । सबैलाई भन्दिन । तर म धेरै हदसम्म चाँहि पत्नी पीडित । म मात्र होइन धेरै एकल महिला यस्तो पीडामा छन् । हामीले सोच परिवर्तन गरेनौ भने शिक्षा लिएर पनि केही हुँैदैन ।’
कविता, लिला जस्ता उच्च ओहोदामा बसेर अरुको हक अधिकारका लागि काम गरिरहेका अनि संसार बुझेका व्यक्तित्वले त यो समाजमा महिला अनि एकल महिला भएकै कारणले यतिधेरै संघर्ष गरेर बाँच्नु परेको छ भने अन्य महिलाको हालत कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
यहाँ उठाउन के खोजिएको हो भने, माथिल्लो ओहोदामा रहेर सम्पन्नशाली जीवन बाँचिरहेका कविता, लिला जस्ता व्यक्तित्वले त समाजमा चरित्रहिनको यतिधेरै लान्छना भोगेर बाँच्नु परेको छ भने अन्य महिलाको पीडा कस्तो होला, जे टेलिभिजनका स्क्रीन, अनलाईन र छापा पत्रिकामा आफ्नो पीडा पोख्न सक्तैनन् । यो विषयमा सिंगो समाजले सोच्न ढिला भइसकेको छ ।
यी त रहे समाजमा एकल रहेर पनि समाज र देशको हितमा लागि रहेका महिला वर्गको पीडा जस्ले धेरै क्षमतावान र सम्पनशाली महिलाको नेतृत्व गर्छन् । तर, रविना, माया, स्वयम्भूको शोभा भगवतीमा भारतीय नागरिकद्वारा हत्या गरिएकी तनहुँकी ५१ वर्षीया सफिना मियाँ, म्याग्दी घर भई पोखरामा बस्ने २९ वर्षीया रेखा घर्ती जस्ले आफ्नै श्रीमानको जुत्ताको तुना घाँटीमा कसिएर मारिनु पर्यो । गौशालामा रामेछापकी पर्मिला दमाईको हत्या आफ्नै प्रेमि भनिएकाबाट भयो । यी तीनवटै घटनालाई बिवाहेत्तर सम्बन्ध भनेर समाचारका पाना रंगिए । तर, मरेर गएकाहरुको पक्षमा बोलिदिने कोही नहुँदा उनीहरुसँगै सबै प्रमाण र उनीहरुमाथि घटेको घटनाको अन्त्य हुने हुँदा ट्याग यतिमात्र लाग्छ कि ‘विवाहेत्तर सम्बन्ध’ अनि चरित्रहिन । उनीहरुले विवाहेत्तर सम्बन्ध बढाउनमा पनि समाज, परिवार, श्रीमान तथा अन्य आफन्तको पनि त केही भूमिका पक्कै थियो होला नि ! भन्ने समाजले बुझ्ने कहिले ? घरमा श्रीमान हुँदाहुँदै श्रीमानको माया पाउँदा पाउँदै र परिवार समाजको सकारात्मक साथ पाउँदा पाउँदै पनि महिलाले यस्तो साथ र सम्बन्ध किन बनाउँछन् र किन बनाए भन्ने कुरा त्यो उनीहरुको परिवार उनीहरु वरिपरिको समाजमा अनुसन्धान गर्नु अवस्यक रहन्छ । किनकी महिललाई त्यहाँसम्मको बाटो डोर्याउन के कुराले प्रेरित गर्यो भनेर । त्यस्तै केहीदिन अघि मात्र दाङमा एक प्रहरी जवानले प्रहरी ड्यिुटीमै रहेकी आफ्नी श्रीमती धना थापालाई गोली ठोकेर मारिदिए । सम्बन्ध बिच्छेद गर्न तयार भएको बेला गोली हानेर हत्या गरिएको समाचारमा उल्लेख छ ।
धना, सफिना मियाँ, रेखा घर्ती, प्रमिला दमाई तत्कालका लागि प्रतिनिधि पात्र मात्र भए । उनीहरुको हत्या अघि पनि धेरै प्रमिला र रेखाहरुले श्रीमान तथा प्रेमिको हातबाट यसरी मारिनु परेको थियो । यहाँ मननिय र प्रश्न गर्नुपर्ने कुरा के छ भने, के विवाहेत्तर, सम्बन्ध, एकपछि अर्कोसँगको सम्बन्ध र एक प्रेमि छोडेर अर्को प्रेमि र एक प्रेमिका छोडेर अर्की प्रेमिकासँगको सम्बन्धमा गोली हानेर, जुत्ताको तनाले घाँटीमा बाँधेर, धारिलो हतियार प्रयोग गरेर मार्नु मात्रै समस्याको समाधान हो र ? यो हामीले कहिले सोँच्ने अनि जहाँ पनि महिलाको मात्र गल्ती देखाएर मरेपछि पनि उनको आत्माले शान्ति नपाउने गरी विवाहेत्तर सम्बन्ध र चरित्रहिन महिलाको ट्याग लगाउन कहिले छोड्ने यो समाजले ।
केही महिलाहरुले अपवादका रुपमा यस्ता सम्बन्धहरु बढाएको भएपनि धेरै महिलाहरु यस्तो विकल्प रोज्नुको पछाडि समाज र आफन्त अनि परिवारले आफ्नो भूमिका कहाँ कमजोर रह्यो भनेर खोज्न जरुरी हुन्छ । उनको जीवनमा आफुले कहाँ कहाँ सकारात्मक भूमिका खेल्यौ भनेर मनन तथा समिक्षा गर्न जरुरी हुन्छ । एउटा जीवनले अर्को जीवनको हत्या गरेर जीवन सकाएर मात्र समस्याको समाधान हुने होइन, यसले त समाजमा झन विकराल समस्या अनि महिलाहरुमा मानसिक समस्या ल्याउँछ भन्ने सबैले बुझ्न जरुरी हुन्छ । पछिल्ला समयमा घटेका यस्ता घटनाले अन्य महिलाको पनि आत्मबल कमजोर बनाउँदै लगेको र सोहि घटनाका कारण उनीहरुमा मानसिक समस्या बढ्दै गएकाले स्वयम् राज्य र महिला सम्बन्धी काम गर्ने संघसंस्था तथा स्थानीय सरकारले यस्ता समस्याहरुबाट महिलालाई सहज रुपमा बाहिर ल्याएर सम्मानित र स्वाभिमानी जीवन बाँच्नका लागि कसरी प्रेरित गर्न सकिन्छ भनेर अभियान सशक्त बनाउन जरुरी छ ।
वि.सं.२०८० फागुन ८ मंगलवार १३:०९ मा प्रकाशित






























