back
CTIZAN AD

श्रीमती, छोरी र नातिनीको हत्या गरेपछि आफू पनि झुण्डिए काजी

वि.सं.२०८० फागुन ९ बुधवार

2.7K 

shares

काठमाडौं । काठमाडौंमा श्रीमती, छोरी र नातिनीको हत्यापछि एक व्यक्तिले आफु पनि झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी विकले आफ्नी श्रीमती ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेर आफुपनि रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

काजीसँग दोस्रो विहे गरेकी ईश्वरीकी ८ वर्षीया छोरी अनिशा पहिलो श्रीमानको छोरी रहेको र साढे दुई वर्षीया सिवानी पनि पूर्वपतिकै छोराको छोरी (ईश्वरीकी नातिनी) भएको बताइएको छ ।

काजीसँग बिहे गरेपछि एकछोरा जन्माएकी ईश्वरीका ती छोरा भने बाहिर गएका कारण बाँचेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या गर्ने योजना बनाएका काजीले ती छोरालाई सामान किन्न बाहिर पठाएका थिए । कक्षा ८ मा पढ्ने ती बालकले आफु बाहिरबाट आउँदा बुवाले हत्या गरेर आफु पनि मर्न जान लागेको बताएको प्रहरीलाई जानकारी दिएका छन् ।

बुधबार बिहान उक्त घटना घटाएका काजीलाई खोज्ने क्रममा नागार्जुनको जंगलमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारको हत्या गरेपछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर ईश्वरी छोरी र नातिनीको हत्या गरेको र आफु पनि मर्न हिँडेको जानकारी बताएका थिए ।

प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीका अनुसार घटना घटाएपछि घर छोडेर हिँडेका काजी जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलबाट प्रहरीले हम्बर, चक्कु बरामद गरेको छ भने मृतकको शरीरमा घाउँ चोट लागेको पाइएको छ । काजीले ज्यामी काम गर्दै आएका थिए ।

 

वि.सं.२०८० फागुन ९ बुधवार १४:०१ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...