back
CTIZAN AD

बाह्रबिसेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

वि.सं.२०८० फागुन ९ बुधवार

1.1K 

shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जिप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए ।

उक्त दुर्घटनामा जिप चालक विक्रम थापासहित बाह्रबिसे-७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० फागुन ९ बुधवार २१:३१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...