back
CTIZAN AD

अठार प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

वि.सं.२०८० फागुन १० बिहीवार

837 

shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, “लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पकर्मा नआए वा हाजिर नभए कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाइने छ ।”

आज एक सूचना जारी गरी प्रहरी प्रधान कार्यालयले धनगढी उपमहानगरपालिका–३ का प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह ढगुन्ना, ओखरढुङ्गा सिशिचरण–९ का प्रबह धनबहादुर भुजेल, प्रसह मनकुमार खड्का, प्रसह महेस पासी, प्रसह रञ्जीतकुमार सिंह, प्रापज यमन राम्जाली, प्रापज अभिषेक सुबेदी, प्रापज राम विक, प्रहरी जवानहरु अशोक कुमार, मेगबहादुर पाण्डे, मनिष सुनार, ईश्वर धिमाल, तारामान गुरुङ, मनिषकुमार झा, सुमनकुमार बस्नेत, निरज बढई, विष्णु श्रेष्ठ तथा प्रकाश शेरबहादुर गिरीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।

 

वि.सं.२०८० फागुन १० बिहीवार १४:३४ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...