काठमाडौं । गृहमन्त्रालयले ७७ वटै जिल्लामा गैरकानुनी रुपमा भोगचलन गरिदैँ आएका जग्गाको विवरण पठाउन भन्दै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
गृहमन्त्रालयले बुधबार उक्त परिपत्र गर्दै सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिला खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्धेश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाहरुबाट देखिएका छन्,’ गृहद्वारा जारी परिपत्रमा भनिएको छ, ‘त्यसरी अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैरकानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ ।’

वि.सं.२०८० फागुन १० बिहीवार १४:४५ मा प्रकाशित






























