back
CTIZAN AD

चीनको सहयोगमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल

वि.सं.२०८० फागुन ११ शुक्रवार

975 

shares

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए । उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो ।

चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताउनुभयो । “बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ । क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ”, उनले भने ।

बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०÷१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताए । उनका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ ।

अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताए । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उनकोे भनाइ थियो ।

 

वि.सं.२०८० फागुन ११ शुक्रवार १३:०२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...