back
CTIZAN AD

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले गरे विरोध

वि.सं.२०८० फागुन ११ शुक्रवार

966 

shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले उठेर विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले बारम्बार यथास्थानका बस्न बारम्बार आग्रह गरे पनि एमाले सांसदले उठेर नाराबाजी गर्न थालेपछि बैठक केहीबेर प्रभावित बन्यो ।

बैठकमा सांसद केसीले सदन सत्तापक्षको मात्र नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै प्रतिपक्षी पनि जिम्मेवार हुनुपर्ने बताए । “महासमिति बैठकका कारण कांग्रेसका सांसदको सङ्ख्या कम थियो, तर हामी बैठकमा बसिरहेका थियौँ, प्रतिपक्षीबाट जानाजान विधेयकलाई असफल पार्ने काम भएको छ । विधेयक साझा कुरा हो, एक वर्षमा एउटा मात्रै विधेयक पास भएको विगतको उहाहरण हो”, उनले भने, “विधेयक पारित गर्नु सत्तापक्षको मात्रै जिम्मेवारी होइन, प्रमुख प्रतिपक्षी पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।”

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षीले सदनलाई अवरुद्ध गर्न नखोजेको बताए । सत्तापक्षबाट नै प्रतिपक्षीप्रति आरोप लगाउने काम भएको बताए । एकैछिनको होहल्लापछि संसद् नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक सङ्ख्या पुग्न नसकेको अवस्थामा प्रतिपक्षीलाई असहयोग गरेको आरोप लगाउन नमिल्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले संसद्को कार्यतालिकालाई सबै राजनीतिक दलले पालना गर्नु आवश्यक रहेको बताए ।

सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले सदनमा सत्ता पक्षलाई निषेध गरेको आरोप लगाए । “सत्ता पक्ष बोल्न थालेपछि प्रतिपक्षीले होहल्ला गर्न मिल्छ ?”, उनले प्रश्न गरे, “प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले सदनलाई निर्वाध चल्न दिनुपर्छ ।”

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूची थियो ।

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विसं २०७८ मा ल्याइएको दलसम्बन्धी अध्यादेश खारेज भइसकेकाले साविकको ऐनमा भएका व्यवस्थाहरु कायम राख्नका लागि विधेयक पेस गर्ने तयारी गरकी थिइन् ।

उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए ।

तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटाइयो । सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएपछि बिहीबारको संसद् बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

वि.सं.२०८० फागुन ११ शुक्रवार १३:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...