back
CTIZAN AD

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

वि.सं.२०८० फागुन ११ शुक्रवार

912 

shares

गाजा। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजराइली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा शहिद अस्पतालमा सारिएको बताएको छ । सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।

चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा शहीद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०८० फागुन ११ शुक्रवार १४:५४ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...