back
CTIZAN AD

जोखिममा परेका पानीका मुहान संरक्षण गर्दै काभ्रेका स्थानीय तह

वि.सं.२०८० फागुन ११ शुक्रवार

867 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन् ।

प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्लाका सात स्थानीय तह धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सङ्कटासन्न मुहानको पुनर्जीवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका हुन् । स्थानीय तहका पालिका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट हुने सहयोग र सहकार्यका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । पाँचखाल नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मूल पुनर्जीवित हुने अपेक्षा गरिएको बताए । “पानीका मुहानको पुनःरुत्थानलाई समुदायस्तरमा सम्भव गराउन सक्नु खुसीको विषय हो, सबैले आ–आफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्छ”, उनले भने। उनका अनुसार मुहानको पुनःरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाई समेत सम्बोधन गर्नेछ ।

सन् २०२३ मा गरिएको सर्वेक्षणअनुसार नमोबुद्ध नगरमा रहेका चार सय ४४ मुहानमध्ये २० प्रतिशत सुकिसकेको अवस्थामा छन् । भएका अधिकांश मुहनामा पानीको प्रवाहमा कमी हुँदै आएको इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक सञ्जीव भुचरजीले बताए । हिन्दूकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएकाले पहाडी समुदायको पिउने पानी, गाईबस्तु तथा बालीनालीका लागि निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्यूनीकरण गर्नु अहिलेको मूलभूत आवश्यकता देखिएको उनको भनाइ थियो ।

अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको भचुरजीले बताए ।

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सहलाभको मूल्याङ्कनलगायत गतिविधि कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको छ ।

प्रतिवेदनका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ ।

मूलाधार व्यवस्थापनका उदाहरणीय मूल संरक्षण तथा पुनःरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मूलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८० फागुन ११ शुक्रवार १५:०५ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...