back
CTIZAN AD

विद्यार्थीले बनाएका चित्र प्रदर्शन र बिक्रीका लागि महोत्सवमा सम्मानस्वरूप निःशुल्क स्टल

वि.सं.२०८० फागुन १३ आइतवार

870 

shares

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले बनाएका चित्र आँबुखैरेनी महोत्सवमा राखिएका छन् । बिहीबारदेखि सुरु भएको दोस्रो आँबुखैरेनी महोत्सवमा राखिएका चित्रले महोत्सवमा आकर्षण थपेको छ ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीले चित्रकला सीप सिकेर आफूले बनाएका विभिन्न किसिमका चित्र प्रदर्शनीमा राखेका छन् । महोत्सव आयोजकले विद्यार्थीका लागि एउटा स्टल निःशुल्क उपलब्ध गराएको छ ।

विद्यार्थीले सिकेका सीप सर्वसाधारणलाई प्रदर्शन गर्न र चित्रहरु बिक्रीका लागि महोत्सव उपयुक्त स्थान बन्न सक्ने विश्वास गरिएको चित्रकला प्रशिक्षक पवन नेपालीले जानकारी दिए । “महोत्सवमा आउने सर्वसाधारणले विद्यार्थीले बनाएका चित्र मन पराउनुभएको छ”, उनले भने, “चित्रहरुको माग पनि आइरहेको छ । मन परेका चित्र बिक्रीको व्यवस्था मिलाएका छौँ ।”

पहिलो चरणमा बनाएका चित्रहरु विद्यालयमा राखिने र माग आएका चित्र विद्यार्थीले पुनः बनाएर बिक्री गर्ने तयारी गरिएको नेपालीले जानकारी दिए । चित्रकलाको सीप सिकाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा कार्यक्रम लागू गरिएको उनकोे भनाइ छ ।

विद्यार्थी मनिषा भुजेलले सीप सिकेपछि चित्र बनाएर बिक्री गर्न सक्ने भएको बताए । आफैँले बुनेका बाँसको नाङ्लोमा चित्र बनाएकी उनले पहिलो प्रयासमा नै राम्रो प्रतिक्रिया पाएको बताइृन् । भुजेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्र कोरेकी छिन् । भविष्यमा चित्रकलालाई निरन्तरता दिने भन्दै चित्र बिक्री गरी पढाइखर्च व्यवस्थापन गर्ने सोच बनाएको उनिको भनाइ छ ।

विद्यार्थी अम्बिका भुजेलले पहिलो महिनाबारीको अवस्थालाई चित्रमार्फत् चित्रण गरेकी छिन् । महिनाबारी प्राकृतिक कुरा भएकाले लजाउन हुँदैन भन्ने सन्देश दिन सोही अनुसारको चित्र कोरेको उनिले बताईन् ।

विद्यार्थी दीपक देवकोटाले ऐनापहरा र हात्तीको आकृतिलाई चित्रमार्फत् उतारेका छन् । गाउँपालिकाभित्रका पर्यटकीयस्थललाई चित्रमार्फत् प्रवर्द्धन गर्नुपर्ने भन्दै उनले यहाँका पर्यटकीयस्थललाई कागजमा उतारेको उनले बताए ।

विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर आत्मनिर्भर बनाउन यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । सैद्धान्तिक पढाइसँगै व्यावहारिक शिक्षालाई पनि समानान्तर रुपमा अघि बढाउने योजनासहित पालिकाको विभिन्न कार्यक्रममध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखेर अघि बढाइएको उनको भनाइ छ । अध्यक्ष चुमानका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पढ्दै कमाउँदै कार्यक्रममार्फत् विद्यालयमा चित्रकला तालिम प्रदान गरिएको हो ।

विद्यार्थीले बनाएका चित्रको प्रदर्शन गर्दै उनीहरुको प्रतिभालाई सम्मान गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मूलसमारोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनीका सभापति भगवान श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिकस्थलको अवलोकन, कृषि तथा पशु फार्म, उद्योग तथा विद्युत् उत्पादन केन्द्रको अध्ययन अवलोकन आकर्षणको रुपमा रहेका छन् ।

महोत्सवको मुख्य आकर्षणमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्मको दुई दिने प्याकेज भ्रमणको व्यवस्था रहेको श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा विभिन्न जातजातिको संस्कृति, भेषभूषा, खानपानको प्रर्दशनीसँगै विविध लोक सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता हुनेछ ।

महोत्सवमार्फत यहाँ रहेका ऐतिहासिक सम्पदा र पर्यटकीयस्थल छिम्केश्वरी, आँधीमूल र मस्र्याङ्दी जलाशयमा जलक्रिडा, ऐनापहरालगायतको प्रचारप्रसार गरी आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य लिइएको श्रेष्ठले बताए । फाइल फाेटाे 

वि.सं.२०८० फागुन १३ आइतवार १४:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...