back
CTIZAN AD

मानसिक रोगप्रति सरकारले चासो नदिएको सांसदको गुनासो

वि.सं.२०८० फागुन १३ आइतवार

1.3K 

shares

काठमाडौं । पछिल्ला समयमा देशमा देखिएको आर्थिक समस्याका कारण उत्पन्न समस्या र प्रविधिको अधिकतम प्रयोगका कारण नेपालीहरुमा मानसिक समस्याा बढ्दै गएकोप्रति ध्यानाकर्षण गराइएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद सुनिता बरालले यसप्रति ध्यानाकर्षण गराउँदै सरकारले नागरिकको मानसिक समस्याप्रति चासो नदिएको बताएकी हुन् ।

केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना छोराछोरीको हत्या गरेर आत्महत्या गरेको र काठमाडौंको सितापाइलामा एक पुरुषले श्रीमती छोरी, र नातिनिको हत्या गरेर आफुले पनि आत्महत्या गरेको घटनाको उदाहरण दिँदै पछिल्ला दिनमा नागरिकहरुमा विभिन्न कारणले मानसिक समस्या बढिरहेको र सरकाले त्यसमा चासो नदिएको गुनासो गरिन् ।

‘आत्महत्याको दर असाध्यै अत्यासलाग्दो गरि बढिरहेको छ । डिप्रेशनका कारण बढेका अपराध र आत्महत्याको अवस्था बढेकोतर्फ हामीले विशेष ध्यान दिन जरुरी छ,’ उनले भनिन् ।

उनले ४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पताल खुलेपनि त्यसपछि यस्ता अस्पताल नखुलेको र मानसिक स्वास्थ्यमा सरकारको प्राथमिकता नदेखिएको बताउँदै उनले दिनदिनै मानसिक स्वास्थ्य समस्या बढिरहेको समेत बताइन् ।

‘सूचना प्रविधिका कारण निम्तिएका धेरै समस्या तथा कोभिडपछि सिर्जना भएका अवस्थाहरु र पछिल्ला अवस्थामा आर्थिक असहजताले निम्त्याएका अनेक व्यवहारिक र सामाजिक समस्याहरुका कारण मानसिक समस्या ज्याँदै बढेको छ ।’ उनले भनिन् ।

मानसिक स्वास्थ्य रणनीति र कार्यनीति २०७७ ले निर्धारण गरेका काम गर्न र यसलाई समेत समेटेर थप रणनीति बनाउन आवस्यक रहेको उनले भनिन् ।

 

 

 

वि.सं.२०८० फागुन १३ आइतवार १४:३३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...