सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मिति २०७४ बैशाख २० मा Bancassurance सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता– पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सम्झौतापश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्ने बताइएको छ । सो सेवाबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३४ गरी कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
वि.सं.२०७४ वैशाख २२ शुक्रवार १०:०२ मा प्रकाशित