back
CTIZAN AD

लघु–वित्तका २०३१ ऋणी कालोसूचीमा

वि.सं.२०८० फागुन १८ शुक्रवार

1.8K 

shares

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका लघुवित्तका दुई हजार ३१ रिणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको तथ्याङ्कमा यस्तो देखिएको हो । यो तथ्याङ्क २०७९ साउन २४ यताको हो । यस अघि लघुवित्तका ऋणीहरू कलोसूचीमा पर्ने गरेका थिएनन् । हाल नेपालमा ५७ लघुवित्त सञ्चालनमा छन् ।

केन्द्रले २०४६ फागुनदेखि बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने ऋणीहरुको नाम कालोसूचीमा राख्दै आएको छ । केन्द्रका अनुसार हालसम्म लघुवित्तवाहेक अन्य बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएका ७७ हजार दुई सय १४ ऋणी कालोसूचीमा परेका छन् ।

कसरी परे लघुवित्तका ऋणी कालोसूचिमा ?

सामान्यतया लघुवित्तहरुले सामुहिक जमानीमा कर्जा प्रवाह गर्ने गरेका छन् । लघुवित्तहरुले ग्रामिण इलाकाहरुमा समूह बनाई त्यहि समूहका सदस्यहरुलाई आवस्यकताका आधारमा सामुहिक जमानीमा र केहिलाई मात्र धितो लिएर कर्जा प्रवाह गर्ने गरेका छन् । अहिले कालोसूचीमा परेकाहरु अधिकांस सामूहिक जमानीमा समूहमार्फत कर्जा लिएकाहरु भएको सरोकारवालाको भनाइ छ ।

सामूहिक जमानीमा कर्जा लिएकाहरुको गाउँका अधिकांस मानिसहरु कालोसूचीमा परेकाछन् । सामूहिक जमानीमा बसेकाहरू कालाेसूचीमा परेपछि उनीहरूलाइ सामान्य गुजारा चलाउनसमेत धाै धाै परेकाे  लघुवित्त पिडितहरूकाे आरोप छ ।

कलोसूचीमा परेपछि पनि निरन्तर वित्तिय संस्थाले ताकेता गरेपछि कतिपयले आत्महत्यासमेत गरेका छन् । कतिपय वित्तिय संस्थाका प्रतिनिधिले कर्जा तिर्न नसक्ने ऋणीहरुलाई “आत्महत्या गर्नु रिण मिनाहा हुन्छ” भन्ने गरेको कतिपय ऋणीहरुले बताउने गरेका छन् ।

उता लघुवित्त सञ्चालकहरु भने कोरोना माहामारीपछि अर्थतन्त्रमा छाएको सिथिलता र अराजक समूहले वित्तियसंस्थाहरु विरुद्ध फैलाएको भ्रमका कारण यस्तो अवस्था आएको बताउने गरेका छन् ।

 

वि.सं.२०८० फागुन १८ शुक्रवार १६:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...