back
CTIZAN AD

माल्दिभ्स नजिकै सैन्य शिविर स्थापना गर्दै भारत

वि.सं.२०८० फागुन २० आइतवार

1.1K 

shares

नयाँदिल्ली । भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने भारतीय सेनाले जनाएको छ ।

चीन निकट मानिने मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत वर्ष भारतीय सेनालाई फिर्ता पठाउने वाचा गरेर चुनाव जितेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तिक्तता आएको छ ।

पूर्व–पश्चिम अन्तर्राष्ट्रिय जल मार्गमा फैलिएको उक्त द्वीपसमूहमा चीनको बढ्दो उपस्थितिप्रति भारत सशङ्कित रहेको र नयाँ शिविरले उक्त क्षेत्रमा नयाँ दिल्लीको ‘जानकारी पहिचान गर्ने निगरानी’ लाई विस्तार गर्ने भारतीय नौसेनाले शनिबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

मुइज्जुले भारतलाई माल्दिभ्समा रहेका ८९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । भारतीय योजना अनुसार पहिलो जत्था मार्च १० भित्र भारत प्रस्थान गर्ने र सबै दुई महिनाभित्र स्वदेश फिर्ता हुनेछन् ।

भारतको लक्षद्वीप टापुमा मार्च ६ मा खुल्ने नयाँ सैन्य शिविरले विद्यमान सानो टुकडीलाई ‘स्वतन्त्र नौसैनिक एकाइ’ मा परिणत गर्नेछ ।

भारतको लक्षद्वीप टापु माल्दिभ्सबाट लगभग १३० किलोमिटर उत्तरमा अवस्थित छ र मिनिकोय टापुमा नयाँ नौसैनिक शिविर रहेको छ ।

भारतीय नौसेनाको लक्षद्वीप टापु कवारत्तीमा पहिलेदेखि नै शिविर छ, तर नयाँ शिविर माल्दिभ्सबाट लगभग २५८ किलोमिटर (१६० माइल) नजिक हुनेछ ।

“मिनिकोय लक्षद्वीपको सबैभन्दा दक्षिणी टापु हो, जसले सञ्चारको महत्वपूर्ण समुद्री रेखालाई समेटेको छ,” भारतीय नौसेनाले भनेको छ । यस शिविरले समुद्री डकैती र लागुऔषध विरोधी अभियानलाई बढावा दिने छ र यो ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ टापुहरूमा सुरक्षा पूर्वाधार बढाउने नीतिको एक भाग हो ।
एएफपी /फाइल फोटो

वि.सं.२०८० फागुन २० आइतवार १४:२७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...