back
CTIZAN AD

अनेसासद्वारा ‘अनेसास हिरो -२०२४’ को घोषणा

वि.सं.२०८० फागुन २० आइतवार

1.1K 

shares

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्धेश्य बमोजिम नेपाली भाषा र साहित्यको विस्तारमा उल्लेख्य योगदान पुर्याएवापत न्यूह्यामसायरका ईश्वरी भट्टलाई ‘अनेसास हिरो– २०२४ अर्पण गरिने भएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा विहिवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अनेसास न्यूह्यामसायरको स्थापना कालदेखिनै च्याप्टरमा सक्रिय रहेर अनुजलाई प्रोत्साहन, अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी, कृति प्रकाशन, प्रेरणा र संयोजनकारी भूमिका निर्वाह गरेका भट्टका आमा र माटो, केही फूलका थुंगाहरू, आकाश पारिबाट लगायतका कविता कृति प्रकाशित छन् । अनेसास न्यूह्यामसायरका संस्थापक महासचिव भट्ट हाल अनेसास पुरस्कार समिति सदस्य र च्याप्टरको प्रधान सम्पादक रहेका छन् ।

बिसं २०१९ मा गोरखाका जन्मिएका भट्ट लामो समयदेखि अमेरिकाको न्यूह्यामसायरमा बसोवास गर्दै आएका छन् ।

सो सम्मान अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च ०८–१०, २०२४ मा पोर्चुगलमा हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा समर्पण गरिने छ ।

 

वि.सं.२०८० फागुन २० आइतवार १४:०१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...