back
CTIZAN AD

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपाल टस जितेर ब्याटिङ गर्दै

वि.सं.२०८० फागुन २२ मंगलवार

1.1K 

shares

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो । नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।

पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् ।

वि.सं.२०८० फागुन २२ मंगलवार ११:३७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...