back
CTIZAN AD

समितिद्वार भानुभक्त जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग

वि.सं.२०८० फागुन २२ मंगलवार

1K 

shares

तनहुँ । भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई सङ्घीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ ।

नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वमित्वमा राख्ने गरी सञ्चालन गर्न नगरपालिकाले निर्णयसहित माग गरेको हो । आचार्यको जन्मस्थल क्षेत्रको महत्व सङ्कुचनमा पर्ने हुँदा उक्त क्षेत्रलाई बृहत्तर सोचका साथ विकास गर्न पुनः विकास समिति ऐन २०१३ बमोजिम गठन र सञ्चालन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

गत माघ २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन आदेश २०७७ खारेज गरी उक्त आदेशबमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ति, दायित्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अविलम्ब स्वमित्व ग्रहण गर्न सङ्घीय सरकारमार्फत पत्र प्राप्त भएको थियो ।

छिट्टै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध

यसैगरी, नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने भएको छ ।

भानु–१ मा लगत सङ्कलनसम्बन्धी नापनक्साको कार्य सम्पन्न भएको र आगामी चैतदेखि पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । जतिसक्दो छिटो जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने विषयमा बैठकबाट निर्णय भएको उपप्रमुख उमा गोतामेले बताईन् ।

विद्यालय सुधार कार्यक्रम

यसैगरी, नगरपालिकाले ग्रिन आर्मी नेपालसँगको साझेदारीमा सञ्चालन गरिने ग्रिन आर्मी विद्यालय कार्यक्रम सञ्चालन गर्न लागेको छ । विद्यार्थीको गुणात्मक वृद्धि एवं मानसिक क्षमता र अनुशासन अभिवृद्धि गर्न ग्रिन आर्मी नेपालसँगको सहकार्यमा विद्यालय सुधार कार्यक्रम गर्न लागेको हो ।

नगरपालिका मातहतमा रहेका १३ वटै वडामा वैशाखबाट सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले जानकारी दिए । साथै उक्त बैठकले प्रहरी चौकी भन्सारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अबिलम्ब अघि बढाउन सम्बन्धित निकायबाट पहल थालनी गर्ने निर्णय भएको छ ।

 

वि.सं.२०८० फागुन २२ मंगलवार १४:४३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...