काठमाडौँ । शिवरात्रीलाई पर्वलाई लक्षित गरी भोलि अर्थत फागुन २३ गतेदेखि २७ फागुनसम्म पशुपतिनाथ वरपर मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ ।
हिजो सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा पुर्ण रोक रुपमा लगाएको छ ।
कोहि कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईएको छ ।
वि.सं.२०८० फागुन २२ मंगलवार १५:०९ मा प्रकाशित






























