back
CTIZAN AD

रुकुम पश्चिमको जिल्ला कारगारमा पाँच गुणाभन्दा बढी कैदी

वि.सं.२०८० फागुन २३ बुधवार

1.1K 

shares

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ ।

विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन् । पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुुवाले जानकारी दिए । उनका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यस्थापनमा समस्या हुने गरेको छ ।

त्यसैगरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए । कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक–पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए ।

हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारगार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिए । उनका अनुसार ७० वर्षमाथिका चार कैदीबन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा रहेका छन् ।

 

वि.सं.२०८० फागुन २३ बुधवार १७:१६ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...