back
CTIZAN AD

राजेन्द्र–अन्जना फाउन्डेशनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा शिवालय मावि प्रथम

वि.सं.२०८० फागुन २३ बुधवार

2.8K 

shares

काठमााडौं । राजेन्द्र अन्जना फाउन्डेशन पैंयुको आयोजनामा आयोजित अन्तर जिल्लास्तरिय माध्यमिकतह हाजिरी जवाफ प्रतियोगितामा शिवालय मा.वि. गल्याङ, स्याङ्जा प्रथम भएको छ ।

पर्वत, बाग्लुङ, स्याङ्जा र चितवन गरी ४ जिल्लाका बिभिन्न बिद्यालयहरुबीच हाजिरी जवाफ प्रतियोगिता हुने कार्यक्रम रहे पनि प्रतिकुल मौसमका कारण चितवन र बाग्लुङबाट बिद्यालयहरुसम्मिलित हुन नसकेपनि १४ विद्यालयहरूको सहभागीतामा सम्पन्न प्रतियोगितामा श्री निर्मल जनसेवा मा.वि त्रिवेणी पर्वत दोस्रो, तेस्रोमा जनकल्याण स्कुल बाछा पर्वत र चौथौ स्थान जनशेवा संस्कृति स्कुल पैयुँ हटिया पर्वतले हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने बिद्यालयलाई नगद तीस हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुने बिद्यालयलाई नगद बिस हजार रुपैया, मेडल र प्रमाणपत्र, तेस्रो हुने बिद्यालयलाई नगद दश हजार, मेडल र प्रमाण पत्र र चौथो हुने बिद्यालयलाई सान्त्वना पुरस्कार छ हजार तथा सहभागि हुने अन्य बिद्यालयहरु र बिद्यार्थीहरुको मनोवल उच्च राख्नको लागि तीन÷ तीन हजार एकसय र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसअघि र हाल भएका कार्यक्रमहरुको समिक्षा गर्दै भबिश्यमा अझ सशक्त र शैक्षिक गतिबिधीमा ठोस सहयोग पुर्याउन सक्ने खालका कार्यक्रमहरु संचालन गर्दै जाने कुरा फाउन्डेशनका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताए ।

उक्त अवसरमा पैंयु गाउंपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले यस्ता किसिमका कार्यक्रमहरुले बिद्यालयको शैक्षिक स्थितिमा उल्लेख्य सुधार गर्नुका साथसाथै बिद्यार्थीहरुमा अतिरिक्त ज्ञान हासिल गर्न धेरै सहयोग पुग्ने कुरा बताए ।
केहि महिना अगाडी मात्रै अमेरिकामा एआरसी फर नेपाल/नेपालमा राजेन्द्र–अन्जना फाउन्डेशनको नामबाट समाज कल्याण परिषदमा बिधिवत रुपमा दर्ता भै सन्चालनमा आएको फाउन्डेशनले झण्डै १५ बर्ष अघिदेखि स्थानिय बिद्यालयहरु, क्याम्पस, मठ मन्दिरहरु र शैक्षिक संस्थाहरुमा सहयोग पुर्याउदै आइरहेको छ ।

प्रतिकूल मौमका बावजुत पनि प्रतियोगिता भव्यरुपमा सम्पन्न भएको फाउन्डेशनले जनाएको छ ।

 

 

 

वि.सं.२०८० फागुन २३ बुधवार १७:४७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...