काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजति एक समारोहकाबीच नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् ।
नेकपा एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ गरी १८ जनाको मन्त्रिपरिषद् बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार गठबन्धनमा रहेका चार दलका मन्त्रीहरुसहित १८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मन्त्रालय बाँडफाँटका क्रममा नेकपा एमाले ८, माओवादी केन्द्र ५, रास्वपा ४ गरी मन्त्रिपरिषद् विस्तार भएपनि गठबन्धनमै रहेका एकिकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले भने मन्त्रीहरुको टुंगो लगाएको छैन ।
त्यसैगरी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका रघुवीर महासेठ (उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री) पदम गिरी (कानून, न्याय तथा संसदीय मामिला मन्त्री) राजेन्द्रकुमार राई (भूमि व्यवस्था तथा सहकारी मन्त्री) बलराम अधिकारी (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री), भगवती चौधरी, (महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री) र दामोदर भण्डारी (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री)को सपथ खएका छन् । साथै हरि उप्रेती (रक्षा मन्त्री) र ज्वालाकुमारी साह( कृषि मन्त्री) ले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्रालय, सूचना तथा संचारमन्त्री रहेकी रेखा शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका शक्तिबहादुर बस्नेतले पुनः सोहि मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।
त्यसैगरी रास्वपाबाट रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री) सुमना श्रेष्ठ, (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री) बिराजभक्त श्रेष्ठ, (युवा तथा खेलकुद मन्त्री) र डोलप्रसाद अर्याल (डिपी) ले (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री) पदको सपथ लिएका छन् ।
वि.सं.२०८० फागुन २३ बुधवार २०:२३ मा प्रकाशित






























