back
CTIZAN AD

आजदेखि इलाममा ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक’ महोत्सव

वि.सं.२०८० फागुन २४ बिहीवार

1.3K 

shares

फिक्कल (इलाम) । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक’ महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ ।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामको अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

महोत्सवको पहिलो दिन आज सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोशाक प्रदर्शनी गरिने उनले बताइन् । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न आयोजित महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कला रहनेछन्, अन्य कलाकारसहित एक हजार बढीको प्रस्तुति रहनेछ”, उनले भनिन्, “तागा (पुरुषले लगाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोशाक) पनि प्रदर्शन गरिनेछ ।”

शुक्रबार समसामयिक विषयका विभिन्न कार्यपत्र प्रस्तुत र छलफल गरी सबै सहभागीहरूलाई तरेचा (लिम्बू सांस्कृतिक परिकार)मा सहभागी गराइने अध्यक्ष सोङ्मीले बताइन् । त्यस्तै अन्य सांस्कृतिक परिकारहरू तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाएर बिदाइ गरिने उनले बताइन् ।

छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षणको अवस्था र भावी योजना, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल प्रचारप्रसार सहसंयोजक अतित योङहाङले जानकारी दिए । त्यस्तै इलाममा विजयबहादुर लिम्बू र आसाहाङ मादेनको योगदानको चर्चासमेत गरिने उनले जानकारी दिए ।

महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने आयोजकले जनाएको छ ।

नयाँ र पुराना पुस्ता मिलेर पुख्र्याैली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सहसंयोजक योङहाङले बताए । “कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवापुस्ताले चासो देखाउनुपर्छ”, उनले भने, “पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ ।”

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्यया तीन लाख ५९ हजार तीन सय ७९ रहेकामा इलाममा मात्र ४५ हजार सात छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० फागुन २४ बिहीवार ०८:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...