back
CTIZAN AD

संसदको शून्य समय, कस्ले के भने ?

वि.सं.२०८० फागुन २४ बिहीवार

957 

shares

काठमाडौँ । सांसदहरु सरकारलाई सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले सरकारमा अनुहारमात्र परिवर्तन भएर नहुने भन्दै जनताले अनुभव गर्ने गरी काम गर्न सुझाव दिएका हुन् ।

सांसद रघुजी पन्तले जनताले सुधारको महसुस गर्ने गरी काम गर्न सरकारलाई सुझाब दिए । “कालीकोटमा नुन किन्न लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपर्ने बाध्यता छ । सरकार फेरिएको सार्थकता त्यति बेला हुन्छ जब कर्णालीका जनताले नुन किन्न लाइन बस्नुपर्दैन”, सांसद पन्तले भने, “जनताले पात्र मात्र हैन परिस्थितिमा समेत परिवर्तन खोजेको हो, त्यसका लागि शुभकामना ।”

सांसद भीमप्रसाद आचार्यले देशको अर्थतन्त्रको अवस्था सुधार गर्न सुझाव दिए । उनले भने, “आज देश ठूलो आर्थिक मन्दिमा छ । विकास निर्माणका काम तीव्र रुपमा अघि बढ्न सकेको छैन । यस सरकारले अभिलम्ब सबै क्षेत्रले गति लिने काम गर्नुपर्छ ।”

नेकपा (एमाले)को संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नवगठित सरकारलाई असफल हुने छुट नभएको बताए । “सत्ता परिवर्तन भए पनि देशप्रतिको जनता अवस्था परिवर्तन भएको छैन । देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ”, उनले भने, “यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । हिँड्दाहिँड्दै जिम्मेवारीले आफैँ थिचिने खालको हुने छुट पनि यो सरकारलाई छैन ।”

सांसद माधव सापकोटाले पुनःगठित मन्त्रिमण्डललाई शुभकामना दिँदै रुग्ण र बन्द भएका नौ वटा उद्योग तत्काल सञ्चालनका लागि अर्थमन्त्रीको ध्यानार्कषण गराए ।

सांसद मीना तामाङले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द थप्नुपर्ने बताउँदै जनयुद्धमा छुटेका सहिदहरुको घोषणा गर्न माग गरे । सांसद मेनकाकुमारी पोखरेलले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक धरासाय बन्दै गएकोप्रति ध्यानार्कषण गराए ।

सांसद मैना कार्कीले द्वन्द्वपीडितको न्यायका लागि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पारित गर्नका लागि सरकारको ध्यानाआर्कषण गराए । सांसद मञ्जु शर्मा अन्सारीले चुरे क्षेत्रको दोहन रोक्नुपर्न बताए । “आज विश्व नै जलवायु परिवर्तनको मारमा परेको छ । यसको असरबारे थाहा हुँदाहँुदै पनि हामीले चुरे दोहोन रोक्न सकेका छैनौँ”, उनले भने, “जसका कारण मधेसमा असर देखिन थालेको छ, मधेस भविष्यमा मरभूमि हुने जोखिम छ ।”

सांसद योगेशकुमार भट्टराईले तमोर करिडोर ठेक्का प्रक्रिया, ताप्लेजुङ सडक निर्माण, पुल निर्माणबारे सरकारको ध्यानार्कषण गराए । सांसद रनकुमारी बलमपाकी मगरले मुटु, मिर्गौला र अर्बुद रोगको बढ्दो जोखिमप्रति चिन्ता प्रकट गर्दै विपन्न नागरिकका लागि उपचार निःशुल्क गराउन माग गरिन् ।

सांसद रणेन्द्र बरालीले दलित समुदायका लागि दलित विकास प्राधिकरणको व्यवस्थापन र दलित समानुपातिक आधारमा बजेट विनियोजनका लागि सदन्मार्फत सरकारको ध्यानार्कषण गराए ।

सांसद रमा कोइराला पौडेलले सरकारको मूल्याङ्कन मन्त्री र प्रधानमन्त्रीका रुपमा नभइ जनताको जीवनस्तरमा परिवर्तन ल्याएका आधारमा हुने बताइन् । सांसद राजेन्द्रकुमार केसीले नागढुङ्गा सुरुङमार्ग निर्माणमा स्थानीयले अवरोध गरेको भन्दै उनीहरुको माग तत्काल सम्बोधनका लागि ध्यानार्कषण गराए । सांसद रामकुमार राईले खोटाङ जिल्लाका लागि गाईघाट–खोटाङ सडक अलपत्र भएकोभन्दै ध्यानार्कषण गराउँदै मध्यपहाडी लोकमार्ग निर्माणलाई तीव्रता दिन माग गरे ।

सांसद रामकृष्ण यादवले पछिल्लो राजनीतिक परिवर्तनले सकारात्मक सन्देश प्रवाह नगरेको भन्दै राजनीतिक दल र सरकारलाई सचेत गराए ।

सांसद रामहरि खतिवडाले सरकारलाई कार्यकालको शुभकामना दिँदै लघुवित्त, मिटरब्याजी र सहकारीपीडितको समस्या यथाशीघ्र समाधान गर्न माग गए । “लघुवित्त र मिटरब्याजी, सहकारीपीडितले न्याय पाउन”, उनले भने ।

सांसद रुक्मणी राना बराइलीले नेपाली नागरिकहरु अवैधरुपमा रुसी सेनामा भर्ती भइरहेकोमा त्यसलाई रोक्न र युद्धग्रस्त स्थानमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्न माग गरिन् । सांसद रुपासोशी चौधरीले कैलालीको टीकापुर क्षेत्रमा ढुबान र कटानको जोखिम समयमा नियन्त्रणका लागि ध्यानार्कषण गराइन् ।

सांसद रेखा यादवले झापामा बसोबास गर्दै आएका मेचे समुदाय राज्यबाट संरक्षणको पर्खाइमा रहेको बताए । सांसद रोशन कार्कीले सरकारले तत्कालीन समस्याको यथाशीघ्र समाधानको माग गरिन् । उनले आरती साहको परिवारले न्याय पाउनुपर्ने पनि माग गरिन् ।

सांसद लालप्रसाद सावा लिम्बूले हुलाकी राजमार्गअन्तर्गत झापा जिल्लाको कन्काई नदीमा पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरे । झापा निर्वाचन क्षेत्र नम्बर ४ स्थित सडक निर्माणका लागि बजेट बिनियोजन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराए ।

सांसद लिलानाथ श्रेष्ठले सिरहा जिल्लास्थित भन्सारमा क्वारेन्टिइन कार्यालय खोल्नपर्ने बताए । सांसद लेखनाथ दाहालले राष्ट्रिय भूमि आयोगको भूमिकालाई बलियो बनाउँदै भूमिहीनको व्यवस्थापनको माग गरे । सांसद मनिष झाले महिला खेलाडीका लागि उपलब्धि अनुसारको बजेटको व्यवस्थागर्न माग गरे ।

वि.सं.२०८० फागुन २४ बिहीवार १४:१६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...