back
CTIZAN AD

इलाममा ‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

वि.सं.२०८० फागुन २७ आइतवार

1K 

shares

फिक्कल (इलाम) । गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो ।

यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । “विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुईदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन”, उनले भने, “बल्लतल्ल रु एक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।”

व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर ७० मा सीतित भएको छ । रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । केही बोट मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनी बताउँछन् ।

सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनी बताउँछन् ।

“हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आउनुभयो”, उनले भने, “तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।” रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए ।

किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए । वार्षिक रु दुई लाखको सुन्तला बेच्ने गर्नुभएका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए । “मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा रु दुई लाखसम्म आम्दानी दिन्थ्यो”, उनले भने, “तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।”

व्यावसायिक सुन्तलाखेती गरेका सलकपुरका दर्जनौँ किसानको बगैँचामै बोट मरेको अर्का किसान टार्जन रानामगरले बताए । विगतका वर्षमा रु ६० हजारको सुन्ताला बेच्दै आएका उनले यस वर्ष रु २० हजारको मात्र उत्पादन भएको बताए। पछिल्लो समय सुन्तालको बोट मर्ने समस्या बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

मुख्य नगदेबालीका रूपमा खेती गरिँदै आएको सुन्तलामा रोगले सङ्क्रमण गर्न थालेपछि यहाँका दर्जनौँ किसान वैकल्पिक खेतीको खोजी गर्न बाध्य भएका छन् । सलकपुरका दुई सय ५० किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएकामा रोगको सङ्क्रमणका कारण अहिले करिब ३५ घरधुरीले मात्र सुन्तलाखेती गरिरहेका छन् ।

कुनैबेला सुन्तालको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको सलकपुरका किसानले लगाएको सुन्तलामा रोगले सङ्क्रमण गरेपछि उत्पादनमा ह्रास आएको किसान अधिकारीको भनाइ छ । “विगत यहाँबाट वार्षिक करिब चार करोडको सुन्तला उत्पादन हुने गरेको थियो”, उनले भने, “बगैँचाबाटै प्रतिकिलो रु एक सय २० का दरले बेच्दासमेत यस वर्ष करिब रु एक करोडको मात्र सुन्ताला उत्पादन भएछ ।” यहाँ उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिङ, सिलगुडीलगायत विभिन्न क्षेत्रमा निकासी हुने गरेको छ ।

मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरूपमा सुन्तलाखेती गरिँदै आएको छ ।
रासस

वि.सं.२०८० फागुन २७ आइतवार १२:१४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...