back
CTIZAN AD

मुआब्जा लिएपछि दमौलीका स्थानीयले भत्काउन थाले घर

वि.सं.२०८० फागुन २७ आइतवार

957 

shares

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् ।

पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन् । जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो ।

घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए । दमौलीका घरका लागि करिब रु ६ करोड मुुआब्जा वितरण गरिनेछ, उनले भने “वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३÷२३ मिटरको हुनेछ ।”

दमौलीका घर बचाउनका लागि मापदण्ड घटाइयो भनेर गलत प्रचार गर्ने कार्य भएको हुँदा सडकको मापदण्ड फेरबदल हुन नसक्ने उनले बताए । पृथ्वीराजमार्ग सडक अन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा यतिबेला सडक विस्तारका कार्य तीव्र गतिमा भइरहेको छ । हालको भौतिक प्रगति अनुरुप पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत रहेको छ ।

उनका अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा चार लेनको सडक कायम रहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । उक्त सडक अन्तर्गत चारलेनको बाह्र किलोमिटर र दुई लेनको आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए ।

 

वि.सं.२०८० फागुन २७ आइतवार १३:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...