काठमाडौं । सरकारले सरकारका प्राथमिकता तय गर्न १० सदस्यीय सयंन्त्र गठन गरेको छ ।
सत्ता गठबन्धनभित्र रहेका ५ दलबाट २÷२ जना प्रतिनिधित्व रहने गरी संयन्त्र बनाइएको हो ।
उक्त राजनीतिक संयन्त्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादी पार्टीका मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकिकृत समाजवादी पार्टीबाट घनश्याम भुसाल र प्रमेश हमाल रहेका छन् ।
उक्त कार्य दलको आइतबार सिंहदरबारमा बसेको पहिलो बैठकले सबै दलबाट लिखित रुपमा आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्ने मस्यौदा बनाउन विष्णु रिमाललाई जिम्मेवारी दिइएको बताइएको छ ।
्
्
वि.सं.२०८० फागुन २७ आइतवार १३:५० मा प्रकाशित






























