back
CTIZAN AD

महासङ्घको पहलमा सबै उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने

वि.सं.२०८० फागुन २८ सोमवार

936 

shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो ।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ । यसमा महासङ्घका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभामा बोल्नुहुँदै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउनुहुँदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि उनकोे भनाइ छ ।

महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ । उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए ।

 

वि.सं.२०८० फागुन २८ सोमवार १६:४६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...