back
CTIZAN AD

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

वि.सं.२०८० चैत १० शनिवार

2.4K 

shares

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज आचार्य र वरिष्ठ संगीत संयोजक स्व. नोर्वु छिरिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
हिमालयन सांस्कृतिक प्रतिष्ठानद्वारा ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको हलमा आयोजित उक्त श्रद्धाञ्जली कार्यव्रmममा न्युयोर्कमा रहेका विभिन्न गायक गायिकहरुले स्व. आचार्यले गाएका गीतहरु गाएर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गायकहरु सुवर्ण शाक्य, राजेन्द्र राई, सानु श्रेष्ठ, अभय ढुंगेल, सुवास दाहाल, ओम कर्माचार्य र गायिकाहरुमा सपनाश्री, संगीता मुखिया र रेशमा सुनुवारले गीतद्वारा श्रद्धान्जलि अर्पण गरेका थिए । गायक नरबहादुर दाहाल र वरिष्ठ गितार वादक शिशिर श्रेष्ठले स्व. आचार्य र स्व. छिरिङको विगत, उनीसँग विताएका पल, उनको संगीतप्रतिको लगाव र योगदानबारे चर्चा गरेका थिए ।

गायक, गायिका, कवि कवियत्री, समाजसेवी, संगीतप्रमीको बाक्लो उपस्थिति रहेको उक्त श्रद्धाञ्जली सभाको सुरुवात वरिष्ठ कवियत्री गीता खत्री, अमेरिकी नेपाली कलाकार संघका अध्यक्ष वसन्ती राई, वरिष्ठ गितारवादक शिशिर श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्ती बालेर, फोटोमा फूल चढाएर गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष अभय ढुंगेलद्वारा स्वागत भाषण, कार्यक्रम संचालन तथा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रमको वाद्यवादनमा शिशिर श्रेष्ठ, सुवास दाहाल, हेमराज राई , राजेन्द्र राई र वरिष्ठ वाद्यवादक न्हुच्छेनारायण डंगोलले साथ दिएका थिए ।

वि.सं.२०८० चैत १० शनिवार ०८:५६ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...