back
CTIZAN AD

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता

वि.सं.२०७४ वैशाख २६ मंगलवार

681 

shares

२६ वैशाख, बेनी (म्याग्दी) । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले यस्तो प्रतिबद्धता गरेका हुन् ।

नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडामा उद्योगको स्थापना गरी रोजगारी उपलब्ध गराउने महत्वाकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी, एमालेले बेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर बिरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, माओवादी केन्द्रले उज्यालो म्याग्दी र सुपरजोनसम्मको प्रतिबद्धता व्यक्त गरेको छ ।

कुल ७६ दशमलव ५७ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको, ३३ हजार ४९८ जनसङ्ख्या र १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिने पर्याप्त सम्भावना रहेका एमालेको तर्फबाट बेनी नगरपालिकाको प्रमुखका उम्मेदवार प्रमोद श्रेष्ठले बताउनुभयो ।

युवा पलायन र दक्ष जनशक्ति मुख्य चुनौती रहेको म्याग्दी जिल्ला र जिल्लाको केन्द्र मानिएको बेनी नगरपालिकामा अधिकांश ग्रामीणबस्ती समेटिएका छन् ।

अझसम्म पनि शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका आधारभूत सुविधासमेत उपभोग गर्न नपाएका जनताले दलहरुका महत्वकांक्षी प्रतिबद्धतालाई ‘चुनाव जित्नका लागि काउले बोली’ भनेर अविश्वास जनाउने गरेका छन् ।

मतदाताले दल र उम्मेदवारलाई नारा र महत्वाकांक्षी प्रतिबद्धता होइन सुशासन र जनतालाई सुविधा पुग्ने खालका पत्यारलाग्दा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गदै चुनाव जितेपछि आफूले गरेका प्रतिबद्धता नभुल्नसमेत आग्रह गरेका छन् ।

उन्नाइस वर्षपछि यही वैशाख ३१ गते सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका मतदाताले निर्वाचनपछि, विकासभन्दा पहिले सुशासन र जनप्रतिनिधि भएको महसुस हुनेगरी काम गर्ने उम्मेदवारलाई जिताउनु पर्ने प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०३:५१ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...