back

बाह्य पर्यटक आगमनमा वृद्धि

वि.सं.२०७४ वैशाख २६ मंगलवार

276 

shares
NTC AD
Global IME AD

 बुटवल । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाले जनाएको छ ।

यस वर्ष गतवर्ष बुकिङ रद्द गरेका पर्यटकसहित अरु पर्यटक थपिएका छन् । खासगरी चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रि भिसा सुविधा दिएका कारण पमर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । बेलहियाहुँदै सन् २०१६ मा सबैभन्दा बढी श्रीलङ्काका ५८ हजार ६१ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष ४३ हजार दुई सय ५२ श्रीलङ्काका पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए ।

त्यस्तै गरी थाईलैण्डका पर्यटक २९ हजार सात सय ५१, म्यान्मारका २७ हजार दुई सय ८७, चीनका पाँच हजार १००, दक्षिण कोरियाका चार हजार छ सय एक, भियतनामका तीन हजार आठ सय ४१, अमेरीकाका एक हजार नौ सय ५९, बेलायतका एक हजार पाँच सय एक, अष्ट्रेलियाका एक हजार चार सय १८, नेदरल्यान्डका एक हजार दुई सय २५, मलेसियाका नौ सय ५७, जर्मनीका नौ सय ६९, जापानका नौ सय ९४, स्पेनका नौ सय ३३ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१६ को मार्चमा सबैभन्दा बढी २४ हजार दुई सय ३६ पर्यटक बेलहिया नाकाहुँदै नेपाल भित्रिएका थिए । सरकारले सार्क मुलुकसहित चिनियाँ पर्यटकका लागि पहिलो पटक नेपाल भ्रमण गर्दा एक महिनाका लागि निःशुल्क प्रवेशाज्ञा दिने गरेको छ ।

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०७:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा...

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि...

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको...