back
CTIZAN AD

बाह्य पर्यटक आगमनमा वृद्धि

वि.सं.२०७४ वैशाख २६ मंगलवार

912 

shares

 बुटवल । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाले जनाएको छ ।

यस वर्ष गतवर्ष बुकिङ रद्द गरेका पर्यटकसहित अरु पर्यटक थपिएका छन् । खासगरी चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रि भिसा सुविधा दिएका कारण पमर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । बेलहियाहुँदै सन् २०१६ मा सबैभन्दा बढी श्रीलङ्काका ५८ हजार ६१ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष ४३ हजार दुई सय ५२ श्रीलङ्काका पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए ।

त्यस्तै गरी थाईलैण्डका पर्यटक २९ हजार सात सय ५१, म्यान्मारका २७ हजार दुई सय ८७, चीनका पाँच हजार १००, दक्षिण कोरियाका चार हजार छ सय एक, भियतनामका तीन हजार आठ सय ४१, अमेरीकाका एक हजार नौ सय ५९, बेलायतका एक हजार पाँच सय एक, अष्ट्रेलियाका एक हजार चार सय १८, नेदरल्यान्डका एक हजार दुई सय २५, मलेसियाका नौ सय ५७, जर्मनीका नौ सय ६९, जापानका नौ सय ९४, स्पेनका नौ सय ३३ पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०१६ को मार्चमा सबैभन्दा बढी २४ हजार दुई सय ३६ पर्यटक बेलहिया नाकाहुँदै नेपाल भित्रिएका थिए । सरकारले सार्क मुलुकसहित चिनियाँ पर्यटकका लागि पहिलो पटक नेपाल भ्रमण गर्दा एक महिनाका लागि निःशुल्क प्रवेशाज्ञा दिने गरेको छ ।

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०७:०८ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...