back
CTIZAN AD

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

वि.सं.२०८१ जेठ ३ बिहीवार

813 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ ।

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एकमात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ ।

गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० गतेसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ ।

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३८ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...