back
CTIZAN AD

इजरायली विपक्षी नेताद्वारा बन्धक मुक्त गर्ने सम्झौतामा प्रधानमन्त्रीलाई समर्थन गर्ने प्रतिबद्धता

वि.सं.२०८१ जेठ २० आइतवार

915 

shares

जेरुसेलम । इजरायली विपक्षी नेता याइर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता अघि बढाएमा समर्थन गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा पट्टीमा हमास लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई रिहा गर्नेलगायत पूर्ण युद्धविरामका लागि इजरायलले नयाँ योजना प्रस्तुत गरेको बताए ।

नेतन्याहूका अति दक्षिणपन्थी गठबन्धन साझेदारहरू राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यसअघि हमासको विनाश बिना नै युद्ध समाप्त भएमा आफ्नो सरकार ढाल्ने धम्की दिएका थिए ।

लापिडले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “यदि इटामर बेन ग्विर र स्मोटरिचले सरकार छोडेमा बन्धक सम्झौताका लागि नेतन्याहूलाई हाम्रो समर्थन रहनेछ ।”

“इजरायली सरकारले राष्ट्रपति बाइडेनको महत्वपूर्ण भाषणलाई नजरअन्दाज गर्न सक्दैन,” लापिडले भने ।

“टेबलमा सम्झौताको प्रष्ट खाका छ र सरकारले यसलाई मान्नुपर्छ,” उहाँले भने ।

नेतन्याहूले हमासको विनाश बाइडेनले अघि सारेको इजरायली योजनाको हिस्सा भएको बताएका छन् ।

इजरायली सरकारी तथ्याङ्कमा आधारित विवरणअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणका कारण गाजा युद्ध सुरु भएको थियो, जसमा एक हजार १८९ व्यक्तिको मृत्यु भएको थियो ।

लडाकूहरूले २५२ जनालाई बन्धक बनाएका थिए भने तीमध्ये १२१ जना गाजामा रहेका छन् । गाजामा रहेका बन्धकमध्ये पनि ३७ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

गाजा पट्टीमा गत अक्टोबर ७ यता इजरायली हवाइ आक्रमण र स्थल आक्रमणमा कम्तीमा ३६ हजार ३७९ प्यालेस्टिनी मारिएका छन् । (रासस÷एएफपी)

 

वि.सं.२०८१ जेठ २० आइतवार ०७:३४ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...