back
CTIZAN AD

चिया बगानमा मजदुर अभाव

वि.सं.२०७४ वैशाख ३० शनिवार

1.1K 

shares

tea-garden३० वैशाख,इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना ९हरियो पत्ती० टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँ खट्नुपर्ने उहाँलाई बाध्यता छ ।

कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् ।

चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ ।

जिल्लाका पूर्वी भेगमा घर÷घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । “बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,” कन्यामका काजीमान कागतेले भन्नुभयो – “बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।”

चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्नुहुन्छ । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उहाँले भन्नुभयो ।

मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो छ ।

त्रिचालीस लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालयले चालु आवको नौ महिनामा सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकबाट रु ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रमुख पदमबहादुर राईकाअनुसार मोटरसाइकलबाट रु १५ लाख तीन हजार, जिप तथा भ्यानबाट रु १४ लाख ३४ हजार, ट्रकबाट रु आठ लाख ५० हजार, ट््याक्टरबाट रु तीन लाख तथा बसबाट रु एक लाख ५३ हजार राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले सात हजार ७०० वटा सवारीसाधनका चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । गत आवमा ट्राफिक कार्यालयले रु ५१ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०७:३० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...