back
CTIZAN AD

टेलिकमले ल्यायो जीएसएम मोबाइल र फाइबर टु द होम प्याकेज

वि.सं.२०८१ असार २ आइतवार

1.6K 

shares

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच(फाइबर टु द होम)मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ । यी अफरहरु असार १देखि लागु हुनेगरी टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन-नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ । त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस, १५० मिनेट अफ-नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तीमा बताइएको छ ।

कम्पनीका अनुसार एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरु र एक्सजीपीओन प्याकेजहरुमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध छ ।

वि.सं.२०८१ असार २ आइतवार ११:१४ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...