back
CTIZAN AD

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लाागि अन्तर्वार्ता सुरु

वि.सं.२०८१ असार २ आइतवार

1.2K 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना प्रतिस्पर्धी अन्तर्वार्तामा सहभागी भएका छन् ।उनीहरूलाई प्रस्तुतीकरणका लागि आइतबार बिहान नौ बजे राष्ट्रिय योजना आयोगको सभा हलमा बोलाइएको थियो ।

समाचार तयार हुँदासम्म प्रतिष्पर्धीहरु सिंहदरबार परिसर पुगेका थिए । प्रस्तुतीकरण सुरु भने भएको थिएन । कसलाई अध्यक्ष बनाउने भन्ने विषय टुङ्गो लागिसकेको स्रोतले बताएको छ । यद्यपि प्रस्तुतीकरण र नाम सिफारिस भने औपचारिकताका लागि मात्र गर्न खोजिएको बुझिएको छ ।

प्रतिष्पर्धीहरुले भेटमा एक अर्कालाई शुभकामना दिएका छन् । आइतबारको ‘औपचारिक प्रस्तुतीकरण’ पछि सिफारिस समितिले तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्नेछ । सोही तीन जनामध्येबाट एक जना बोर्डको अध्यक्ष हुनेछन् । बोर्डको अध्यक्षको नियुक्ति मन्त्रीपरिषद्ले गर्नेछ ।

यसअघि अर्थमन्त्री वर्षमान पुनले प्रक्रिया नै रोकेर राखेका थिए । तर यही प्रकरणमा पुनलाई मन्त्रीको पदबाट हटाउने चर्चा थियो ।

वि.सं.२०८१ असार २ आइतवार १०:५८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...