back

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

३० वर्षमा २८ सरकारका नालीबेली

वि.सं.२०८१ असार ३ सोमवार

585 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा आएको छ । यतिखेर नयाँ नेपालबारे थुप्रै बहसहरू पनि भइरहेका छन् । यस्ता बहसहरूको प्रचार गर्ने काम मिडियाको हो भने पात्र नेता हुन् जो सत्ता कै लागि सङ्घर्ष गरिरहेका छन् ।

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता सङ्घर्ष तः ३० वर्षमा २८ सरकारका नालीबेली’ पुस्तक २०७९ कात्तिकमा प्रकाशन भएको हो । हेर्दा पुस्तक मध्यम छ । तर पुस्तकभित्र उठाइएका विषयवस्तु गहन छन् । नेपाली राजनीति, सत्ता, विगत ३० वर्षमा २८ सरकारका नालीबेली देखाइएको पुस्तक राजनीति इतिहास पढाउने गुरु बन्नेमा दुबिधा छैन । राजनीति र सत्तालाई नजिकबाट हेर्ने र बुझ्नेहरूका लागि त्यसमा उठाइएका कुरा ठुला चुनौती हुन् ।

भूमिकालाई भन्नुपर्ने कुरामा समावेश तीन सय ५२ पृष्ठमा मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दास ढुङ्गा, आफ्नैमाथि अन्तर्घात, संसद् विघटन, पहिलो राष्ट्रपति लगायत ४९ शीर्षकमा लेखहरू छन् । लेखकले पुस्तकको सिलसिलेवार खण्ड वा अध्याय त प्रस्ट पारेका छैनन् । यद्यपि उनले पुस्तकको अघि नै ‘भन्नुपर्ने कुरा’मा राजनीति कथ्य: कथा, राजनीतिक व्यक्ति पात्र, सत्ताका लागि गरेका सङ्घर्षलाई उतारेका छन् । रिपोर्टिङका बेलामा राजनीतिक वर्गसँग भएका कुराकानीलाई आधार बनाएर दैनिकी लेखी विभिन्न व्यक्तिहरूको सल्लाह र सुझाव सहित पुस्तक तयार पारी ठुलो चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।

मिडियामा रिपोर्टिङ गरेर सर्वसाधारणलाई जानकारी दिन लागेका पत्रकार भण्डारी सत्ता सङ्घर्ष तः ३० वर्षमा २८ सरकारका नालीबेलीमा देखिदा लेखक बनेका छन् । राजनीति र संसदीय मामिलामा विगत २५ वर्षदेखि कलम चलाइरहेका पत्रकार किताबरूपीमा विगत ३० वर्षमा २८ सरकार कसरी बने, के केमा स्वार्थ बाझियो ? कसले कसलाई ललाई फकाइमा लगाए ? २००७ सालदेखि हालसम्म कुनै पनि सरकार पूरा नटिक्नुको कारण ? बारे पुस्तक मार्फत जानकारी दिएका छन् लेखक भण्डारीले । त्यसैले यो पुस्तक सबैका लागि राजनीति इतिहास हो भन्ने बुझ्नुपर्छ ।

लेखक भण्डारीले नेपालको राजनीति दलगत जान्न सत्ता सङ्घर्ष निकै उपयोगी हुने ठानेर जनप्रतिनिधिलाई पुस्तक पढ्ने वातावरण मिलाएको प्रस्ट देखिन्छ । यस पुस्तकले राजनीतिले लय समाउन सके जनताले त्यसको प्रत्याभूति गर्न पाउने निर्देशन पनि दिएको छ । स्थानीय तहमा राजनीतिक खिचातानीभन्दा विकास र जनसेवालाई प्राथमिकता दिनुको विकल्प नभएको समेत पुस्तकले सङ्केत गर्छ ।

पुस्तकको पहिलो अध्यायमा सत्ताका लागि गरेको सङ्घर्षको इतिहास कसरी सुरु भयो ‘मध्यरातमा बहुदल’ मा छ (पृ.११) । २९ वर्ष तीन महिना दलविहीन पञ्चायती राज चल्दा सुरु भयो आन्दोलन देखाइएको छ । सुरक्षा र परराष्ट्रमा मिलेर काम गरौँ आन्दोलन पाँच मिनेटमै ढाल्ने भारतको प्रस्ताव तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई आएको थियो । त्यो २०४६ सालको समय हो । त्यस बखत काँग्रेस र संयुक्त बाम मोर्चाले पञ्चायत ढाल्ने आन्दोलन सुरु गरेका थिए । सम्बन्धित मुद्दा वा विषयवस्तुको हिसाबले २२ ओटा विषयवस्तुलाई यो पुस्तकले उठाएको छ भन्न सकिन्छ । तिनमा सत्तामा जाँदा, शक्ति लिँदा गरिने सम्झौता, शक्ति सङ्घर्षका नाममा पाइने शासक साथै राजनीतिक दलको सत्ता मोह, सत्ताकै लागि गरेको सङ्घर्षमा गठबन्धन काँग्रेस र एमालेमा मात्र होइन व्यक्तिमाथि घात गर्न सक्ने अङ्कुशसँगै प्रधानमन्त्री कुर्सीमा मोह सबै पार्टीका शीर्ष नेतामा देखिन्छ । जुन पुस्तकमा लेखक भण्डारीले उल्लेख गरेका छन् ।

तेस्रो, सुरक्षित अवतरणका लागि लेखकको २५वर्षे अनुभव, अनुभूति, जानकारी, इतिहासका सत्य कुरा र परिकल्पनाको एउटा दास ढुङ्गा शीर्षकमा उल्लेख छ । दास ढुङ्गामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन प्रमुख जीवराज आश्रित दुर्घटनामा परे र मृत्यु भयो । सवारी चालक एमाले कार्यकर्ता अमर लामा २०५० साल जेठ ३ गते पोखराबाट चितवन लादै गरेको  बा.अ.च. ८७९३ नम्बरको गाडीमा आफू भने बाँचे । छानबिन समितिले चालक लामाको गल्ती देखायो । तिनै लामाको २०६० साल साउन ११ गते काठमाडौंको कीर्तिपुरमा हत्या भयो । मदन पत्नी विद्यादेवी भण्डारी २ पटक राष्ट्रपति बन्दा पनि दास ढुङ्गा दुर्घटना मदन र आश्रितको मृत्युको छानबिनमा चासो नदेखिँदा बजारमा नकारात्मक असर परेको भण्डारीको पुस्तकले जनाउँछ । २०५० जेठ १ गते पोखरा जानुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हटाउन विभिन्न राजनीतिक दलसँग छलफलमा व्यस्त पुस्तकमा देखाइएको छ (पृ.३१) ।

२०५७ पुष १० गते रमेशनाथ पाण्डेलाई दिल्लीमा प्रचण्डसँग भेट गर्न राजा वीरेन्द्रले पठाए । माओवादीको माग संविधान सभाको हुँदा वीरेन्द्रले स्वीकारे । राजाका भाइ धिरेन्द्र र माओवादीबिच कुराकानी  र पत्र आदान प्रदान पनि भइरहेको थियो । २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश हुने गरी दरबार हत्याकाण्ड भयो । यी सबै विस्तृत पुस्तकमा पाइन्छ ।

१२ औँ शीर्षक काँग्रेसको काँधमा सूर्यबहादुरलाई यसको सूक्ष्मता, गहिराइ र अभौतिकतामा अनुभूत गर्न सिर्जित सत्ताकै लागि संर्घष गर्ने एउटा निकायलाई जन्माएका छन् लेखकले (पृ.९७) । सत्ताकै लागि गरेको सङ्घर्ष मात्र नभएर मेलमिलाप र स्वार्थ पनि जोडेका छन् लेखकले । अर्को कोणबाट हेर्ने हो भने २३ अध्यायमा ‘माओवादीमा अन्तर्द्धान र सरकारसँग वार्ता’ मात्र नभएर सत्ताका लागि दुख् र वेदनाका कथा छन् भने यही अध्यायले प्रेम र हौसलाका गाथा गाएको छ (पृ. १६०) ।

घुमिफेरी लोकतन्त्र र बहुदलवादको नाममा एकल विचार धाराको पक्षपोषणमा सत्ताकै सङ्घर्षमा उत्रिएका पार्टीका नेतामा छ । ‘म तिम्रो भनाइसँग सहमत छैन तर तिम्रो बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाउ गरिरहने छु ।’ फ्रान्सेली दार्शनिक भोल्तेयर (सन् १६९४-१७७८) को यो भनाइलाई राजनीतिक पार्टीहरूले सर्वसाधारणमा परिवर्तनका लागि लिए तर भनाइमा मात्र सीमित राखेर, सत्ताका लागि स्वतन्त्रता खोजे । सुकरात, ग्यालिलियो, गङ्गालाल, धर्मभक्त लगायत विश्वविख्यात व्यक्तिले तत्कालीन सत्ताबाट अनेकौँ यातना भोग्नुपर्‍यो र जीवन त्याग गर्नुपर्‍यो । धर्म गुरू हुँदै नेतामा राजनीति वैचारिक अभिव्यक्ति मात्र नभएर सरकारको पद खोज्ने अवस्था बुझ्न बेर लाग्दैन भन्ने हो । एकलवादी सिद्धान्त २०४८ सालको निर्वाचनमा पनि देखियो । कृष्णप्रसाद भट्टराई निर्वाचन गराउनका लागि प्रधानमन्त्री रहेकाले मैले नै जित्छु भन्ने घमन्डले पछि परे । २०४८ मङ्सिरमा भारत भ्रमणका बेला टनकपुर बाँध सम्बन्धी सन्धि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरे । जसको विरोधमा मङ्सिर २२ गते हात हालाहाल र ८७ घण्टासम्म नाराबाजी चल्यो संसद्मा ।

यति मात्र होइन पर्दामा देखिने र पर्दाभित्र हुने नेताकै कारण राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएका छन् लेखकले । शासक दलहरूले आजसम्म पनि फोहोरी खेलको राजनीतिलाई दोहोराइरहेका छन् । आफ्नो पार्टीको सरकार हुनुपर्ने मात्र होइन पार्टीको पनि आफू नै प्रधानमन्त्री हुनुपर्ने व्यक्तिगत स्वार्थमा लिप्त नेताहरू मात्र थिएनन् । कम्युनिस्ट पार्टीको नाममा जनतालाई ठग्दै आएका एमालेका झालनाथ खनाल, माधवकुमार नेपाल र माओवादीका बाबुराम भट्टराई कसरी प्रधानमन्त्री भए भन्ने पुस्तकको रिपोर्टिङ हो । संविधान सभामा हारेर हरेस खाएर बसेका नेपाल माओवादी सरकारको सिफारिसमा सभासद् भएपछि पार्टी संसदीय दलका नेतालाई पन्छाएर प्रधानमन्त्री बन्नु संसदीय इतिहासमा पाइने विरलै घटना भएको लेखकले पुस्तकमा दर्साएका छन् ।

४७ औँ सत्ताको बहु आयामिकताभित्र गरिएको मन्थनमा उपलब्ध नभएर नेकपामा अन्तर संघर्ष चुलिएपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहले के.पी. ओलीलाई अल्पमतमा पारेर प्रधानमन्त्री र अध्यक्षबाट हटाउने तयारी थाल्यो अप्ठ्यारोमा परेका ओलीले संसद् विघटन गर्नतर्फ लागे । सत्ताकै लागि सङ्घर्षमा उत्रिएका ओलीले प्रचण्डलाई फकाउन धेरै प्रयास गरे तर असफल रहे (पृ.३३३) । सत्ताका लागि गरिरहेको सङ्घर्षका अवधारणाको सङ्ग्रह ‘सत्ता सङ्घर्ष तः ३० वर्षमा २८ सरकारका नालीबेली’मा प्रस्ट्याएका छन् लेखकले । ४८औँ सत्ताको परिधिले राजनीतिकमा मानव जीवनसँगको सम्बन्धलाई सार्थक बनाएको लेखकले देखाएका छन्, अल्पमतको अड्कोमा (पृ.३३८) ।

अन्तिम शीर्षकको सत्ता स्वार्थको पुनरावृत्तिमा नागरिकता संशोधन विधेयक राष्ट्रपति माथि सबैले शङ्का गरे (पृ. ३४१) । मङ्सिर ४ मा चुनाव गर्न सरकार तयार भयो निर्वाचन आयोगसँग सल्लाह गरेर । त्यसअघि सत्ता स्वार्थकै लागि ओलीले संसद् विघटन गर्नु, सर्वोच्च अदालतले २०७८ साल असार २८ गते एक सय ४९ सांसदको समर्थन पाएका शेरबहादुर देउवालाई २०७८ असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्नू भन्ने परमादेश जारी गरयो । यस्तै संसद् अधिवेशन डाक्न आदेश दियो ।

वास्तवमा भन्ने हो भने कुनै पनि मुलुकको राजनीतिक स्थायित्व र विकासको लागि बलियो सरकारको अपेक्षा हुन्छ । तर नेपालको कमजोर राजनीतिक संस्कारले सत्ता बदलिरहे । त्यसको प्रतिबिम्ब सरकार ढाल्ने, मिलीजुली सरकार, पालैपालो सरकार बनाउन, राजनीतिका सूचकदेखि लिएर त्यहाँ हुने सार्वजनिक बहस, साहित्यिक, साङ्गीतिक तथा प्राज्ञिक उत्पादनमा देख्न पाइन्छ । अर्थात् सत्ताका लागि तन, मन र धन सहित लामबद्ध भएका व्यक्ति, राजनीतिक पार्टीका पात्र, र विषयहरूमाथि केन्द्रित पछिल्लो कृति हो सत्ता सङ्घर्ष तः ३० वर्षमा २८ सरकारका नालीबेली ।

पुस्तकमा उल्लेख सन्दर्भमध्ये केहीबाहेक लेखकले आफूलाई लागेका धेरै कुरा व्यक्त गर्न खोजेजस्तो देखिन्छ । किनभने उठान गरिएका विषयको सन्दर्भ र स्रोत प्रस्ट उल्लेख नगर्नु, आवश्यक ठाउँमा उदाहरण नदिनु, विगतका अध्ययनलाई उल्लेख नगरी पुस्तकमा भएका कुरा आफ्नै खोज जस्तो बनाएको प्रमाण पुस्तकमा दिन नसक्नु लेखकको कमजोरी हो । राजनीतिक परिवेश बुझ्न र विगतका बेथितिबाट सच्चिन सत्ता सङ्घर्षले मार्ग निर्देश गरे पनि समस्याको थुप्रोले सुधारको बाटो भने पुस्तकमा कमी देखिन्छ । अन्तरवार्ता मात्र पूर्ण स्रोत देखाएका छन् लेखकले । समाचार प्रस्तुत गर्दा फलानो भने जस्तै । यति हुँदाहुँदै पनि लेखकले उठान गरेका विषय राजनीति जगतका लागि सान्दर्भिक र महत्त्वपूर्ण छन् ।

राजनीति कथा व्यथा समेटेर लेखिएको पुस्तक यो पहिलो भने होइन । यो पुस्तक निस्कनुभन्दा अघि पनि यस्तै विषयवस्तुलाई केन्द्रबिन्दु बनाएर पत्रकार सुधीर शर्माको प्रयोगशाला, हरिबहादुर थापाको दलीय द्धन्द, जगत नेपालको आफ्नै कुरा, विवेककुमार शाहको मैले देखेको दरबार, राधाकृष्ण मैनालीको नलेखिएको इतिहास, भैरव रिसाल र भरतराज पोखरेलको नेपालका मन्त्री र सांसदहरू लगायत पुस्तकहरु प्रकाशित छन् । तर अन्य पुस्तकभन्दा यसमा पात्र र परिवेशको चित्रण अझै जीवन्त लाग्छ । लेखक पेसाले पत्रकार भए पनि उनले पत्रकारको आँखाबाट मात्र नेपालको राजनीतिक दल र नेताको जीवन नियालेका छैनन् । रिपोटसङका क्रममा भोगेका कुरालाई जीवन्त बनाउन टिपोट गर्दा गर्दै पुस्तक बनाउन सके ।

नेपालको राजनीति दलगत बुझ्नका लागि यो पुस्तक सबैले पढ्नुपर्ने हुन्छ । नेपालको राजनीतिक परिवेश झन् अस्थिर हुँदै गएकोले स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक स्थायित्वका लागि दबाब दिनुपर्ने पनि देखिन्छ । समग्रमा भन्नुपर्दा नेपालको राजनीति जान्न चाहने, यस विषयबारे सोधखोज गर्न रुचि राख्ने र नीति निर्माण गर्ने सबैका लागि पुस्तक पठनीय एवं संग्रहणीय छ । (अधिकारी पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थी हुन् ।

वि.सं.२०८१ असार ३ सोमवार १३:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...