back
CTIZAN AD

शङ्कास्पद म्यासेज भेटिएपछि मृतक महिला प्रहरीको ‘ब्वाइफ्रेन्ड’ पक्राउ

वि.सं.२०८१ असार ५ बुधवार

1.6K 

shares

सिराहा । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत भेटिएकी प्रहरी जवानका केटा साथी पक्राउ परेका छन् । गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सोही घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैजनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक महिला प्रहरीको मोबाइलमा फेला परेका म्यासेजका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक उदय द्विवेदीले जानकारी दिए ।

‘उहाँहरूको बिचमा विवाद भएका म्यासेजहरू फेला परे । मृतकका परिवारले पनि उहाँ विरुद्ध जाहेरी दिनुभयो । त्यसैका आधारमा अदालतबाट सात दिनको म्याद लिएर आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान गरिरहेका छौँ’, प्रहरी निरीक्षक द्विवेदीले भने ।

वि.सं.२०८१ असार ५ बुधवार १३:१५ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...