back
CTIZAN AD

विद्युत् भार कटौतीका कारण बन्द हुने अवस्थामा पानी उद्योग

वि.सं.२०८१ असार ६ बिहीवार

1.2K 

shares

भेरीगङ्गा (सुर्खेत) । विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित छ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।

विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ । दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ । पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिए ।

यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उनले समस्या समाधानका लागि आग्रह गरे । “विद्युतले नधानेपनि अहिले पानी प्रशोधन हुनै छोड्यो । दैनिक ५० हजारभन्दा धेरै घाटा बेहोर्नु गरिरहेको छ”, उनले भने ।

तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताए । “दुई महिनादेखि हाम्रो पानी उद्योगबाट प्रशोधन हुने पानी बन्द गरिएको छ, नेपालमै केही गर्छु भनेर उद्योग सञ्चालन गरियो तर अहिले घाटा भइरहेको छ, राज्यले हामी उद्योगीको पीडा कहिले बुझ्ने ?”, उनको प्रश्न छ । उनको उद्योगबाट दैनिक १५ हजार लिटरभन्दा धेरै पानी उत्पादन हुँदै आएको थियो ।

यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताए । उद्योगलाई जोगाइराख्न घाटामा पानी प्रशोधन गरिरहेको बताउने आचार्यले भोल्टेजको समस्या समाधान नभए अब केही दिनमा उद्योग बन्द गर्न बाध्य हुने बताए । “स्वदेशमै केही गर्छु भनेर उद्योगमा लगानी गरेको थिए । अहिले ४३ जनाले रोजगारी पाइरहेका छन् । विद्युतका कारण उद्योग बन्द भए ती सबैको रोजिरोटी गुम्ने छ”, उनले दुःखेसो पोखे ।

विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतले भने ३३ केभी विद्युतले सबै ठाउँमा धान्न नसकेको भन्दै अर्को विकल्प नहुञ्जेसम्म समस्या समाधान हुन नसक्ने जवाफ दिने गरेको छ ।

कार्यालय प्रमुख अशोक लोहनीले कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आएपछि मात्रै कर्णालीमा विद्युतको समस्या समाधान हुने बताए । “अहिले ३३ केभीबाट विद्युत् वितरणको काम भइरहेको छ, यसले कर्णालीका सबै जिल्लालाई धान्न सक्दैन”, प्रमुख लोहनीले भने”, “उद्योग सञ्चालनमा समस्या भइरहेका बारे गुनासा सुनेका छौँ तर सुर्खेत–कोहलपुर एक सय ३२ केभी प्रसारण लाइन नआएसम्म समस्या समाधान गर्न गाह्रो छ ।”
रासस /फाइल फोटो

वि.सं.२०८१ असार ६ बिहीवार ०७:०२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...