back
CTIZAN AD

साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

वि.सं.२०८१ असार ६ बिहीवार

894 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल कवितावाचन कार्यक्रम अन्तर्गत ७७ औँ शृङ्खलामा कवि तथा समालोचक पुष्कर रिजाल ‘पुष्प’ को एकल कविता वाचन कार्यक्रम घोराही दाङमा भव्य रूपमा सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाँ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कवि तथा समालोचक साहित्यकार रिजालले गद्य तथा पद्य गरी एक दर्जनभन्दा बढी कविता वाचन गरेका थिए । ती वाचित रचनाहरूको समीक्षा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा.टीकाराम उदासीले गरेका थिए । समीक्षक उदासीले पुष्कर रिजालका रचना भाव तथा कलाका दृष्टिकोणले उत्कृष्ट रहेको बताएका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा प्रगति लेखक संघ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ र वरिष्ठ साहित्यकार गणेश विषमले शुभकामना मन्तव्य राखेका थिए ।

लेखक संघ दाङ शाखाका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली, विश्व साहित्य सङ्घ दाङका अध्यक्ष तथा साहित्यकार डा.कृष्णराज डिसी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखकसम दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा लगायत विभिन्न साहित्यिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा गीतकार प्रकाश केसी, गायक तथा संगीतकार सन्तोष रजौरे, गजलकार खिम केसी, साहित्यकारहरू नगेन्द्र गुरु, डा.प्रेम योगी, शारदा शर्मा, गोपाल भुसाल अभिलाषी, धनसिंह गिरी, सुशीला आचार्य,वीणा रोका, विन्दु अधिकारी, देवेन्द्र रिजाल, महेश कुमार न्यौपाने, सुवाष न्यौपाने, शरद गौतम, रामकुमार पौडेल, दामु शर्मा, वसन्त पोखरेल, शोभाकान्त अधिकारी, नमा शर्मा, वसन्त तारा न्यौपाने, होम बहादुर रेग्मी, सुशीला कुमारी रेग्मी, रिमा गौतम, एच.एन .पाण्डे, अरुण कुमार नेपाली योजना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव घनश्याम केसीले गरेका थिए । सो कार्यक्रममा एकल रचना वाचक साहित्यकार रिजाललाई परिषद्को तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।

वि.सं.२०८१ असार ६ बिहीवार ०९:२८ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...