back
CTIZAN AD

अहिलेसम्म धान र कोदो रोप्न पाएनन जुम्ली किसानले

वि.सं.२०८१ असार ६ बिहीवार

945 

shares

जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो ।

समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका– १ का स्थानीय किशोर रावतले जानकारी दिए । “पानी परेको छैन, खेतबारी सुक्खा छन्, सिँचाइको कुनै सुविधा छैन, यस वर्ष असार लागे पनि खेतीपाती लगाइएको छैन, गाउँमा खाद्यन्न सङ्कट आउने अवस्थाको परिस्थिति रहेको छ”, उनले भने ।

गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिकाका बासिन्दा बताउँछन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेका छन् । विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवालाई खडेरीले निकै क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए ।

हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौँलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका–४ का किसान रतन रोकायाको भनाइ छ । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यस वर्ष जिल्लामा खाद्यन्न बालीदेखि स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ बीमाको महत्त्वबारे जानकार भएपछि जिल्लाका आठ वटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पन्नीको जिल्ला शाखाले जनाएको छ ।

पानी अभावले रोपाइँमा समस्या

असार महिना विशेषगरी धान रोप्ने समय हो । जेठको अन्तिम सातासम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । यस वर्ष पानी नपर्दा यहाँको हिमा र तिलाका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा–४ का स्थानीय माया रोकायाले जानकारी दिईन् ।

सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पानीको भरमा परेका किसानका लागि यस वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।

वि.सं.२०८१ असार ६ बिहीवार १३:४६ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...