back
CTIZAN AD

प्रभु बैंक र शुक्रा हाउस डाईग्नोस्टिकबीच विशेष छुटसम्बन्धी सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार

903 

shares

काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच शुक्रा हाउस डाईग्नोस्टिकका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन-हाउस रुटिन टेस्टमा २५% छुट, इन-हाउस स्पेशलाइजेशनमा २०% छुट, आउटसोर्समा १०% छुट र एक्स-रे, युएसजी, इसीजी, इसीएचओमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

काठमाडौंको पानीपोखरीमा रहेको शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो । यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ । यस संस्थाले अरु ल्याब भन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

वि.सं.२०८१ असार ६ बिहीवार १३:३२ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...