back
CTIZAN AD

दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

वि.सं.२०८१ असार ८ शनिवार

1.1K 

shares

नयाँदिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।

गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।

बढ्दो तापक्रमको बीचमा, यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।

यसैबीच, पानी सङ्कटमा राजनीतिक खिचातानीे बीचमा, दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हडतालमा बसेकी छन् ।

यसैबिच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानीको अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताइन् ।

केजरीवाल टिभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफुलाई दुःख लागेको भावना सम्प्रेषण गरेको उनले बताइन् । केजरीवालले आतिशीको ’तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशा सहित अतिशीलाई शुभकामना दिएका छन् ।

यद्यपी भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ ।

भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले “भ्रष्टाचारलाई प्रोत्साहित गर्न“ संकटलाई “योजनाबद्ध“ गरेको आरोप लगाए ।

पानीको सङट, प्राकृतिक सङ्कट नभई, केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बांसुरी स्वराजले उल्लेख गर्नु भयो ।

उहाँले सहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुदाँ केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अन्सनको धम्की दिइरहेको बताए । (रासस/एएनआई)

 

वि.सं.२०८१ असार ८ शनिवार १७:०७ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...