back
CTIZAN AD

प्रभु बैंकको ग्राहकले मुस्ताङका ११ वटा होटल तथा रेष्टुरेन्टमा विशेष छुट पाउने

वि.सं.२०८१ असार १२ बुधवार

960 

shares

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले मुस्ताङका विभिन्न होटलका सेवामा विशेष छुट पाउने भएका छन् । मुस्ताङ्गका विभिन्न ११ वटा होटल तथा रेष्टुरेन्टमा बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिनेछ । छुट पाइने होटलहरुमा होटल दे पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटेल ग्राण्ड सम्बाला, मुक्तिनाथ होटेल सन्राइज्, जोमसोम एअरपोर्ट । होटेल मन्डला, होटेल त्रिवाटिका, लोमान्थाङ । इको हिल रिसोर्ट, टुकुचे । होलीडे क्याप, होटेल ताङ्स्रा कोवाङ, लुम्बीनी एण्ड रेष्टुरेन्ट, त्साराङ । सी यू लज, रेष्टुरेन्ट लेट एण्ड मार्फा अर्चड होट मार्फा  रहेको बैंकले जनाएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

वि.सं.२०८१ असार १२ बुधवार १४:०६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...