back
CTIZAN AD

कविता : सान्दाई

वि.सं.२०८१ असार १५ शनिवार

1.6K 

shares

निम्बतरु, अर्घाखाँची

यिनले पनि के के खेला झिक्छन्
खेला झिक्न सिपालु
खेलाउँछन्
खेलाउन सक्छन्
हाम्रो गाउँको सान्दाइ

सबैभन्दा झुर युगमा यो सही हो
उदासिनता खेलाले बिर्साइदिन्छ
नत्र त
काकाको लास फ्रिजमा छ
लासले अड्कलेको सन्तान कुरिरहेछ हप्तौं देखि
कामको व्यस्तताले भतिज फोकल्याण्डको टापुमा छ

सबैभन्दा बैरागी युगमा खेला हेर्न पाउनुपनि अहोभाग्य
नत्र त
केटाकेटी बोडर्स छन्
एउटा कोठाभित्र बहालमा आमाहरु बन्दी छन्
एउटा मोबाइलको सानो स्क्रिनमा आँखा जेलिएका छन्
बाउहरु खाडीमा उसिनिएर,बाफिएर
फतक्क गलेर घर फर्किदासम्म
ती यथावत रहदैनन्
सबैभन्दा आनन्दको संसारहरु ।

फर्क भन्न त सकिनन्
कि उतै लैजाउ कि वृद्धाश्रम छोड भनेकी हुन
एक हात चिहाम पनि तयार छैन
काली नदीमा सिधै हेलिन पनि सकिनन्
बजैको लास कोठामै छ
कामको व्यस्तताले घरमा आमा छिन् भन्ने पनि हेक्का भएन
विदेश ! विदेश !
जिलो पनि भुटिने भयो
मान्छे त शिला खोज्नु पर्ने भयो
अनिकालमा बीउ खोज्नु जस्तै ।

सान्दाई छन्
छन् सान्दाई
धन्न गाउँमा

वि.सं.२०८१ असार १५ शनिवार ०७:५४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...