back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ असार १५ शनिवार

1.5K 

shares

दाहाल कल्पना, काठमाडौं

१.
प्रकृतिकै काम छ होला सायद मेरो नाममा
सबैसँग घुलमिल गर्ने गुण छ तिमी आकाशमा
समुद्र बादल एकै नभए पनि सम्बन्धित भएझैँ
मन मुटु र दिमाग कति सहृदयी आफ्नो तालमा ।

२.
देवी देउता नाम जपी पेटकै लागि भाक्नु पर्ने
सजिलो र धेरै जहाँ छ शीत ताप पाक्नु पर्ने
आफूसँगै पेट हिँड्छ पापी पेटको सवाल छ
फरक चरित्रले जीवन अप्ठ्यारोमा झाँक्नु पर्ने ।

३.
न त पाउमा पाउजु चाहिने न त श्रीपेच लाइने
न छ सुख न धरो आङमा, न त भरपेट खाइने
भन्छन् यहाँ लोकतन्त्र तर खै छैन प्रजातन्त्र
सत्य कुरा न त बोल्न न त सुन्न देख्न पाइने ।

४.
कोही दिन्छन् सुरक्षा चिडियाघरमा कोही बन्छन् व्याधा
जोडी त हुन् रुक्मिणी कृष्ण तर मुखमा सबैको राधा
निःसार कालो रातपछि त मन्द प्रकाश शीतल, छाउँने शान्त, कोमल, पूर्ण
उपमा दिन्छन् देखिन्छ तर आधा ।

५.
छुट्टिन्छ पीडा बाहिर लिए पनि अरूको चासो
थाहा छैन तिर्ने दैवदेखिको कति होला नासो
मुस्कानभित्र पक्कै गुम्सिएको हुन्छ रोदन पनि
यमराजले कहिले थाप्छ आफ्नो सुटुक्क पासो ।

वि.सं.२०८१ असार १५ शनिवार ०७:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...