back
CTIZAN AD

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

वि.सं.२०८१ असार १७ सोमवार

846 

shares

वाशिङ्टन (अमेरिका) । अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ ।

लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा छलफल गरेका छन् । अमेरिकामा रहेका नेपालीले बिपीको सङ्घर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण विदेशी भूमिमासमेत नेपालीले अवसर पाएका टिप्पणी गरेका हुन् ।

डा श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरुले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गरे । ‘त्यो बेलाको कङगारु कोर्टमा उपस्थित भएर बिपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो’, उनले भने, ‘यस्तो महत्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।’

पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्वपूर्ण दस्तावेज भएको बताए ।

कार्यक्रममा पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बिपीले अदालतमा व्यक्त गर्नुभएको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताए ।

जय नेपाल इन्टरनेशनल फाउण्डेशनको संयोजनमा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा यादव पण्डितले बिपीको योगदान भावी पिँढीसम्म पु¥याउन लेखकले गरेको प्रयासको प्रशंसा गरे ।

केशव शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष रविना थापा, नेपाली कांग्रेसका महासमिति सदस्य गौतम दाहाल, गोपाल विश्वकर्मा, राज सेञ्चुरी, आनन्द घिमिरे, विष्णु बराल, प्रवासी मञ्चका प्रभुराम थापा, नारायण थापा, नेत्र केसी, चित्रा केसी, शोभा घिमिरे, डोलनाथ घिमिरेलगायत वक्ताले बिपीको योगदान र अदालती बयानका विभिन्न पक्षको बारेमा आ–आफ्नो धारणा राखे ।

वि.सं.२०८१ असार १७ सोमवार १५:४० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...