back
CTIZAN AD

द्धिपक्षीय ऋण सम्झौताबाट श्रीलङ्काले पाँच अर्ब डलर बचाउने

वि.सं.२०८१ असार १८ मंगलवार

948 

shares

कोलम्बो (श्रीलङ्कका) । श्रीलङ्काले आफ्नो द्विपक्षीय ऋणको पुनःगठनपछि पाँच अर्ब डलर बचत गर्ने राष्ट्रपति रनिल विक्रमसिङ्घेले बताएका छन् । उनका अनुसार ऋणमध्ये धेरै चीनलाई तीर्न बाँकी छ, जुन ब्याज दर घटाएर र लामो पुनः भुक्तानी तालिकाको माध्यमबाट तीर्ने छ ।

टापु राष्ट्र श्रीलङ्काले २०२२ मा अभूतपूर्व आर्थिक सङकटको समयमा आफ्नो विदेशी ऋण पूर्व निर्धारित गर्यो जसले महिनानैं खाना, ईन्धन र औषधिको अभाव निम्त्यायो ।

राष्ट्रपति रनिल विक्रमसिङ्घेले गत हप्ता भएको सम्झौताले ऋण भुक्तानीमा सन् २०२८ सम्म स्थगन सुरक्षित गरेको, ऋणको अवधि आठ वर्ष विस्तार गरी ब्याज दर औसत २.१ प्रतिशतमा कटौती गरेको बताए ।

राष्ट्रपति विक्रमसिङ्घेले सरकारको सबैभन्दा ठुलो एकल ऋणदाता चिनको नेतृत्वमा द्विपक्षीय ऋणदाता आफ्नो ऋण काट्न सहमत नभएको तर सहमत भएका सर्तहरूले श्रीलङ्ककालाई मद्दत गर्ने बताए ।

सहमती भएका पुनर्संरचना उपायले गर्दा श्रीलङ्काले पाँच अर्ब डलर बचत गर्ने, ऋण सम्झौता व्यवस्थापिकामा आफ्नो पहिलो सम्बोधनमा विक्रमसिङ्घेले संसद्लाई भने ।

चीनबाट श्रीलङ्ककाले लिएको केही ऋण उच्च ब्याज दरमा रहेको छ, दोस्रो ठूलो ऋणदाता जापानबाट लिएको ऋणको तुलनामा लगभग आठ प्रतिशतले बढेको छ, जुन एक प्रतिशतभन्दा कम छ ।

श्रीलङ्ककाले चीन र जापान, फ्रान्स र भारत लगायत बाँकी द्विपक्षीय ऋणदातासँग छुट्टै सम्झौता गर्यो ।

मार्चदेखि ट्रेजरी डाटाका अनुसार श्रीलङ्काकको ३७ अर्ब डलरको विदेशी ऋणको २८.५ प्रतिशत द्विपक्षीय ऋणदाताको रहेको छ । यसले सरकारी ग्यारेन्टी गरिएको बाह्य ऋण समावेश गर्दैन ।

श्रीलङ्ककाले अन्य देशबाट लिएको १०.५८ अर्ब डलर ऋणमा चीनको हिस्सा ४.६६ अर्ब डलर रहेको छ ।

विक्रमसिङ्घेले चीन विकास बैंकबाट २.१८ अर्ब डलरसहित थप १४.७ अर्ब डलरको बाह्य व्यापारिक ऋणको पुनर्गठन चाँडै सम्पन्न हुने अपेक्षा गरेका छन् ।

श्रीलङ्ककाको सन् २०२२ को सङ्कटले महिनौंको सार्वजनिक विरोधलाई जन्मायो जसले अन्ततःतत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई क्रोधित भिडले उहाँको परिसरमा आक्रमण गरेपछि राजीनामा दिन बाध्य तुल्यायो ।

विक्रमसिङ्द्देले पदभार ग्रहण गर्दा देश आर्थिक मन्दीले ग्रसित भएको र गत वर्ष आफूले प्राप्त गरेको २.९ अर्ब डलरको अन्तर्राष्ट्रिय मुद्रा कोषको बेलआउट टापुको अन्तिम हुने आशा गरेको बताए । (रासस/एएफपी)

वि.सं.२०८१ असार १८ मंगलवार २१:०२ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...