back
CTIZAN AD

कविता : आखिर के छ र लानु ?

वि.सं.२०८१ असार २२ शनिवार

1.4K 

shares

विदुर अधिकारी, चितवन

तेरो मेरो भन्दै जगमा
किन दिल पार्छौँ सानु
नगरौँ झगडा हे ! बान्धव हो
आखिर के छ र लानु
(१)

चाहे होस् त्यो महल मजाको
चाहे सुनकै छानु
नाङ्गै आयौँ नाङ्गै जान्छौँ
आखिर के छ र लानु
(२)

राख्छौँ हामी दम्भ असाध्यै
हुन्छौँ तिक्त बिरानु
ईर्ष्या जति अब त्यागौँ जन हो
आखिर के छ र लानु
(३)

भन्छौँ भाषणमा हे! न हो
हुन्न ठगीकन खानु
किन्तु अझै पनि लुट्दै हिँड्छौँ
आखिर के छ र लानु
(४)

नभनौँ हामी मेरोजस्तो
छैन त्यहाँ के जानु
निन्दा नगरौँ यसरी साथी
आखिर के छ र लानु
(५)
छन्द- द्विपदी ( १६ / १२ / १६ / १२ मात्रा )

 

 

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:४३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...