back
CTIZAN AD

सेती नदीमा पानीको सतह बढेपछि किनारका पाँच परिवार विस्थापित

वि.सं.२०८१ असार २२ शनिवार

852 

shares

कास्की । सेती नदीमा पानीको सतह बढेपछि पोखरा–१४ को गोष्टी बस्ती जोखिममा परेको छ । नदीमा पानीको सतह बढेर जोखिम बढेपछि नदी किनारमा बसोबास गर्ने पाँच परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण सेतीमा पानीको सतह बढेर बस्ती जोखिम पसेपछि यहाँका पाँच परिवारका २३ जनालाई आज दिउँसो सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गरिरहेका विष्णुमाया सुनुवारको परिवारका पाँच, डोम्मा शेर्पाका सात, सुकदेव गुरुङका चार, डावा शेर्पाका चार र काजी शेर्पाको परिवार तीन जनालाई टोल विकास संस्थाको भवनमा सारिएको शर्माले बताए ।
यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा आज दिउँसो पोखरा महानगरपालिका–३२ स्थित राजन विकको एकतले घरमा क्षति पुगेको छ । प्रहरीका अनुसार विकको घरको भान्छा कोठा पहिराले भत्किएको छ ।

वर्षाका कारण पृथ्वीराजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रुहरू समस्यामा परेका छन् ।

वि.सं.२०८१ असार २२ शनिवार १९:५२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...