back
CTIZAN AD

बाँदर नियन्त्रण गर्न वनमा फलफूलका बिरुवा रोप्दै पालिका

वि.सं.२०८१ साउन ६ आइतवार

765 

shares

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणका लागि घोषणा गरेको ‘वनको बाँदर वनमै’ कार्यक्रमअन्तर्गत शनिबार एकै दिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा छ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।

“पन्ध्रौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगरपालिका क्षेत्रका जङ्गलमै बाँदरका लागि खाने कुरा उब्जाउन फलफूलका बिरुवा लगाउने योजना बनाएका थियौँ”, उनले भने, “सोही कार्यक्रमअन्तर्गत सामुदायिक जङ्गल तथा खाली जग्गामा फलफूलका बिरुवा सार्न थालिएको हो ।” जङ्गलमा बाँदरका लागि आहारको व्यवस्था गर्न सकिए बाँदरलाई जङ्गलमै रोक्न सकिने उनको भनाइ छ ।

नगरपालिकाले वन उपभोक्ता समिति, टोलसुधार समितिलगायतसँग समन्वय र सहकार्य गरेर बाँदर नियन्त्रणका लागि जङ्गलमा फलफूलका बिरुवा लगाउन थालेको हो । पहिलो चरणमा गाउँघरमा वरपर उपलब्ध हुने फलफूलजन्य बिरुवा आँप, केरा, कटहर, वरपीपल, स्वामी, किम्बु, अम्बा, लिची, कटहर, लप्सीलगायत बिरुवा रोपिएको नगरप्रमुख चिन्तनले बताए ।

सामुदायिक वन, खोल्सी तथा बाँझो जमिनमा लगाइएको फलफूलको उत्पादन हुन थालेसँगै बाँदर जङ्गलमा भुल्ने र बाँदरबाट खेतीबाली जोगाउन सकिने विश्वास नगरपालिकाको छ । नगरपालिकाभित्रका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्य, टोलसुधार समितिका सदस्य, नगरवासी, राजनीतिक दलका प्रतिनिधिलगायतका पनि सहभागितामा वृक्षरोपण गरिएको हो ।

“फलफूलका बिरुवा रोपण गरिएका स्थानको संरक्षण र दिगोपनाका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने र बाँकी रहेका स्थानमा वृक्षरोपण गर्दै जाने नगरपालिकाको योजना छ”, नगरप्रमुख चिन्तनले भने, “सबै पक्ष मिलेर काम गर्न सकियो भने दीर्घकालीन रुपमा बाँदरबाट बालीनाली जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।”
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन ६ आइतवार १३:२९ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...